साउदीबाट काँकरभिट्टा आएर होटलको क्वारेन्टिनमा बसेकालाई कोरोना

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार २२:४३


मेचीनगर । बुधबार मेचीनगरमा भेटिएका ५ जना कोरोना संक्रमित मध्ये एक जना साउदी अरवबाट आएर काँकरभिट्टा स्थित होटलको क्वारेन्टिनमा बसेका व्यक्ति भएकोे पुष्टि भएको छ ।

मेचीनगर–८ निवासी ३९ वर्षीय ती पुरुष असार १४ गते साउदी अरवबाट ईटाभट्टा स्थित आर्दश माविको क्वारेन्टिनमा एकदिन बसेर १५ गते काँकरभिट्टाको झापाली होटलको क्वारेन्टिनमा बसेको पाइएको हो ।

साउदी अरवबाट जहाज, काठमाडौँबाट बसमा र होटलमा समेतसँगै बसेका अर्का साथीको पीसीआरको रिर्पोट नेगेटिभ आएको थियो । आर्दश र होटलको क्वारेन्टिनमा समेत एउटै कोठाको दुई वटा वेडमा बसेका थिए ।

असार १८ गते दुवै जनाको पीसीआर संकलन गरेर धरान स्थित वीपी कोइराला विज्ञान प्रष्तिठानको प्रयोगशाला पठाइएको थियो ।

बुधबार प्रष्तिठानको प्रयोगशालाले एउटाको रिर्पोट पोजेटिभ र अर्काको नेगेटिभ रिर्पोट पठाएको थियो ।

उक्त होटलमा संक्रमित फेला परेपछि सिल गरिएको छ भने ती अर्का व्यक्तिलाई भने फेरि पीसीआरको नमुना संकलन गर्ने गरी सुरक्षित राखिएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: