साउदीबाट ५० हजार सहयोग

  प्रकाशित मिति
२० चैत्र २०७२, शनिबार ०५:४१


 

manoj (2)

ज्यामिरगढी । ज्यामिरगढी–९ गोमनसरीका मिर्गाैला पीडित मनोज राउतको उपचारका लागि साउदीमा रहेका ज्यामिरगढी–८ सतिघट्टाका श्याम गुरुङले ५० हजार नगद पठाइदिएका छन् । लोकतन्त्र दैनिकको अनलाइन खबरमा रहेको समाचारलाई विभिन्न व्यक्तिले फेसबुकमार्फत सेयर गरेपछि थाहा पाएर गुरुङले उनको उपचारमा सहयोग गरेका हुन् ।

साउदीमै रहेका गोमनसरीका सन्तोष बस्नेतको सव्रिmयतामा गुरुङले हिमाल रेमिटमार्फत लोकतन्त्र दैनिकका सहसम्पादक देबु बानियाँको नाममा रकम पठाएका हुन् । उनले पठाएको रकम बैङ्कबाट झिकेर शुव्रmवार राउत परिवारलाई बुझाइएको छ । उक्त रकम सहसम्पादक बानियाँ र गुरुङकी बहिनी सुमी गुरुङले मनोजकी आमा विष्णुमाया राउतलाई हस्तान्तरण गरेका थिए ।

सामान्य आर्थिक अवस्था भएका गुरुङ ४ महिना अघि साउदी पुगेका थिए । उनी त्यहाँ गाडी चलाउने काम गर्छन् । ‘मनोजलाई बचाउनु हामी सबैको धर्म हो’, टेलिफोनमार्फत गुरुङले भने । उनले विदेशमा रहेका आफ्ना साथीहरूसँग समेत सङ्कलन गरेर अन्य रकम पठाउने वचन दिएका छन् । यसैगरी, साउदीमै रहेका सन्तोष बस्नेतले पनि आफ्ना साथीहरूसँगको सहयोगमा मनोजको उपचारका लागि रकम सङ्कलन गरिरहेको बताए । ज्यामिरगढी घर भएर विदेशमा रहेका युवाहरूले यसअघि पनि मनोजको उपचारका लागि रकम पठाएका थिए ।

मनोजको उपचारका लागि डेनमार्कमा रहेकी मेचीनगर–१२ इटाभट्टाकी रम्बा भट्टराईले पनि २५ हजार पठाएकी छिन् । उनले पठाएको रकम आइतवार झिक्ने अभियानका संयोजक तथा रम्बाका दाजु राजन भट्टराईले बताए । त्यस्तै, इजरायलमा रहेकी इटहरीकी इशा राउत श्रेष्ठले पनि १० हजार पठाउने तयारी गरेकी छिन् ।

३ वर्ष अघिदेखि मिर्गाैलाबाट पीडित बनेका राउतको मिर्गौला प्रत्यारोपणका लागि काठमाडौँ लगिएको छ । उनलाई फूपाजु अनिल तिम्सिनाले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि काठमाडौँ लगिएको हो । उनको मानव प्रत्यारोपण केन्द्र काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: