सागरको नेतृत्वमा धुलाबारी जेसीज

  प्रकाशित मिति
२७ पुष २०७६, आईतवार २०:१०



मेचीनगर । धुलाबारी जेसीजको अध्यक्षमा सागर खनाल चयन भएका छन् । धुलाबारी जेसीजको ४१ औं साधारण सभाले बर्ष सन् २०२० का लागि खनाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

दुईजना कार्यकारिणी उपाध्यक्षका लागि तीन जनाको उम्मेद्वारी परेपछि सम्पन्न निर्वाचन प्रक्रियाबाट आश्मा चापागाँई र शेखर गिरी बिजयी भएका छन् । ५५ जनाले मतदान गरेकोमा गिरीले ४७ र चापागाँईले ३४ मत प्राप्त गरी बिजयी भएका हुन् । कार्यकारिणी उपाध्यक्षका अर्का उम्मेद्वार गगन पोखरेलले २७ मत प्राप्त गरे ।

जेसीज विधानअनुसार ४ जना उपाध्यक्ष समेत सर्वसम्मत रुपमा चयन भएका छन् । साधारण सभाले उपाध्यक्षमा विशाल काफ्ले, प्रभाव भण्डारी, दीक्षा काफ्ले र भूमि पौडेललाई चयन गरेको छ । धुलाबारी जेसीजको विधान अनुसार महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार लगायतका पदहरु अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

उम्मेद्वारहरुलाई धुलाबारी जेसीजका पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारीले प्रशिक्षण दिएका थिए । धुलाबारी जेसीजका वर्ष २०१९ का अध्यक्ष केशव पोखरेलको सभापतित्वमा सम्पन्न साधारण सभाले धुलाबारी जेसीजको तर्फबाट हाल सञ्चालनमा रहेको एम्बुलेन्स धेरै पुरानो भएकाले अब उक्त एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।

यसैबीच, धुलाबारी जुनियर जेसीजको समेत साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले धुलाबारी जुनियर जेसीजको अध्यक्षमा विजेता डाँगी चयन भएकी छिन् । त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा विपना काफ्ले र सचेत घिमिरे चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षमा जीवराज घिमिरे, विशाल काफ्ले, श्रेया खतिवडा र रुक्साना सिवाकोटी छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: