मेचीनगर । सागर खड्का उपचार समितिलाई भानु बहुमुखी सहकारी संस्था लिमिटेड धुलाबारीले १० हजार रुपैयाँ सहयोग गरेको छ ।
विहीबार संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले उपचार समितिका संयोजक गोपाल वस्नेत र सदस्य ऋषिराज तिम्सीनालाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् ।
भानु सहकारी संस्थाकी शेयर सदस्य समेत रहेकी मेचीनगर–९ निवासी पूर्णिमा खड्काकी छोरा सागरको चारवर्ष अघि ब्रेन ट्युमरको शल्याक्रिया गरिएको थियो ।
उक्त समस्या फेरी बल्झिएपछि हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा ब्रेन ट्युमरको शल्याक्रिया गरिएको छ ।
आर्थिक अवस्था नाजुक भएकाले सबै दयालु मन हुनेहरुबाट सहयोग जुटिरहेको छ । अहिलेसम्म करिव २ लाख रुपैयाँ संकलन भएको संयोजक वस्नेतले बताए ।
मेचीनगर–९ का निरोज गिरीले ८,३००, पंकजविक्रम नेम्बाङले ५,१००, विजय डालमियाले ५,०००, मोहन निरौलाले ५,०००, सन्तोष र सिता गौतमले ५,०००, गृहलक्ष्मी साकोसले ५,०००, सिताराम सामुदायिक अंग्रेजी माविका शिक्षक परिवारबाट ३७,०००, धुलाबारी मावि शिक्षक परिवारबाट १४,३०० प्राप्त भएको उनले बताए ।
त्यस्तै निरा प्रसाई बिर्तामोड ५,१००,जानुका मित्तल बिर्तामाड ५,१००, कतारबाट गोप्यदान २१,००७ रुपैयाँ संकलन भएको समितिका सदस्य तिम्सीनाले जानकारी दिए ।