सागरले बनाए कोरोना छेक्ने ‘फेस शिल्ड’

  प्रकाशित मिति
१३ चैत्र २०७६, बिहीबार १९:३४


मेचीनगर । मेचीनगर–९ का युवा सागर शिवाकोटीले पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पीपीई)को ‘फेस शिल्ड’ बनाएका छन् ।

धुलावारीस्थित हिमालय मल्टिपल कलेजका अध्यापकसमेत रहेका शिवाकोटीले व्यक्तिगत पहलमा ५३ वटा पीपीईको ‘फेस शिल्ड’ बनाएर स्वास्थ्यकर्मीहरुलाई दिए ।

मेचीनगरलाई ३३, काँकडभिट्टा स्वास्थ्य चौकीलाई १० र धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई १० वटा ‘फेस शिल्ड’ दिएको उनले जानकारी दिए ।

स्थानीय स्तरमा पाइने धागो, कपडा र प्लास्टिकको टुक्राको प्रयोगबाट बनाइएको यस्तो ‘फेस शिल्ड’को लागत ५० रुपैयाँभन्दा कम पर्ने शिवाकोटीले बताउँछन् ।

कोरोना जस्ता भाइरस मानिसको अनुहारको नाक, मुख र आँखामा सीधा सम्पर्कमा आउनबाट जोगाउने उनको भनाई छ ।

स्थानीय सरकारले कच्चा सामग्री र सिलाई गर्ने जनशक्तिका आधारमा यस्तो अति उपयोगी सामाग्री बनाउन सक्ने उनको सुझाव छ ।

यसअघि शिवाकोटी आवद्ध स्थानीय संस्थाले महिनावारीमा प्रयोग हुने स्यानेटरी प्याड प्रयोगपश्चात नस्ट गर्ने मेसिन निर्माण गरेर विद्यालयहरुमा विक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: