साझामञ्च मिडिया प्रालि अध्यक्षमा पुनः एकराज

  प्रकाशित मिति
४ भाद्र २०७३, शनिबार १४:०६


बिर्तामोड । साझामञ्च अनलाइन न्यूज पोर्टल तथा साझामञ्च मासिक खबर पत्रिकाको प्रकाशन संस्था साझामञ्च मिडिया प्रालिको प्रथम वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
 
कम्पनीको कार्यकक्षमा आज बिहान आयोजित साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि एकराज कार्कीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको छ ।
 
सञ्चालक समितिको उपाध्यक्षमा खड्गप्रसाद दाहाल, सचिवमा गोपाल काफ्ले र सदस्यहरुमा नारायणप्रसाद पोखरेल, हरि शर्मा, गोपीचन्द्र मिश्र र रोशन बुढाथोकी चयन भएका छन् । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा याम बिमली तथा सदस्यहरुमा पर्वत कार्की र मनोज लामिछानेलाई जिम्मेवारी दिइएको छ ।
 
कम्पनीका प्रकाशन साझामञ्च अनलाइन र म्यागेजिनको सम्पादकमा गोपाल काफ्ले, व्यवस्थापकमा पुष्पराज भट्टराई तथा आइटी विभागको जिम्मा रोशन बुढाथोकीले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
 
साधारणसभाले सञ्चार संस्थाको प्रवद्र्धनका लागि आवश्यक कार्यहरु योजनाबद्ध तरिकाले अघि बढाउने निश्कर्ष निकाल्दै गत आर्थिक वर्षको आय तथा व्ययको विवरण माथि छलफल गरी आवश्यक परिमार्जनसहित पारित गरिएको छ । 
गएको चैत महिनामा साझामञ्च मिडिया कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । दर्ता पछि शेयर सदस्यहरुबीच आज बैठक बसेर नेतृत्व चयन गरिएको हो । 
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: