साझा पर्व तिहार

  प्रकाशित मिति
१३ कार्तिक २०७३, शनिबार ०८:२६


renuka-dagi

आँगनको डिल र खेतवारीको कान्लामा फुलेको सयपत्री, मखमली र गोदावरी फूल जस्तै जनमानसमा नयाँ उमङ्ग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहार हाम्रो घरभित्र प्रवेश गरिसकेको छ । अन्य चाडवाड भन्दा फरक र पृथक लाग्छ मलाई तिहार । किनभने मानवको मात्र चाड होइन, मानव र पशुपन्छीबिचको आत्मियताको साथै हार्दिकता प्रदान गर्ने महत्वपूर्ण पर्व पनि हो तिहार । फूलहरुको पर्व, झिलीमिली बत्तीहरुको पर्व, पशुपन्छीका साथै भातृत्व एवम् भाइचारा र मानवताको भावना प्रकट गर्ने महत्वपूर्ण चाड हो तिहार । दाजुभाइ या दिदीबहिनीलाई कोसेली दिने एक आपसमा उपहार साटासाट गरेर खुसी हुने चाड हो तिहार ।

राष्ट्रिय पर्वको रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई पञ्चक भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ । तिहार नेपालीहरूको लौकिक सामाजिक पर्व हो । त्यसैले यस तिहारमा म आफूजस्तै तमाम नेपाली चेलीहरूका तर्फबाट सम्पूर्ण राजनीतिक दलका नेतृत्वसमक्ष कोशेली माग्दैछु, देशमा दीर्घ शान्ति र लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि एकता कायम होस् ।

नेपाली–नेपाली बिचमा कुनै पनि आन्तरिक वा बाहिरी शक्तिले जातीय, धार्मिक, सांस्कृतिक फाटो पारेर विभाजन ल्याउने प्रयास कहीँ कतैबाट नहोस् । अब हाम्रा राजनीतिज्ञहरूको मानसिकतामा स्थापित ‘मेरो निर्णय नै जनताको निर्णय हो’ भन्ने अहम् र सत्तामोहको प्रवाह त्यागेर जनहित र राष्ट्रहितका लागि त्याग र समर्पणमा बदलिन तिहारले नेताहरुलाई सद्बुद्धि प्राप्त गरोस्, सम्पूर्ण नेपाली चेलीहरुको यही छ चाहना ।

दैनिक हजारौँको सङ्ख्यामा रोजागारीका लागि विदेशिने दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नै देशमा स्वरोजगार बनाउनका लागि उद्योगधन्दा, कलकारखाना खोल्नमा नेताहरुको पहलकदमी होस् । जसले गर्दा वर्षैपिच्छे चेलीहरुले माइतीको सम्झनामा तिहारमा गाँसेको सयपत्री र मखमली फूलका माला ओइलिएर जाने छैन । यही छ मेरो २०७३ सालको शुभदीपावली, छठ पर्वको सम्पूर्ण देश विदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: