साठी वर्षपछि चुच्चे नक्साको जनगणना

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार १४:०२


झापा, १२ माघ । साठी वर्षपछि पहिलोपल्ट चुच्चे नक्सामा समेटिएको नेपाली भूभागको जनगणना सम्पन्न भएको छ ।

भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको जनगणना यसअघि २०१८ मात्र भएको थियो ।

सो क्षेत्रको जनसंख्या केही पछि सार्वजनिक गरिने भएको छ । प्रत्यक्ष रूपमा गणकहरू लिपुलेक, लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि प्रयोग गरेर जनगणना गरिएको हो ।

लिपुलेक, लिम्पियाधुराको जनसंख्या अन्तिम परिणाममा समावेश हुनेछ । उक्त क्षेत्रमा भारतीय सेना आएर बसेपछि नेपालले जनगणना गर्न सकेको थिएन ।

२०७७ जेठमा नेपालले लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: