सातौं राष्ट्रिय खेलकुद मंसिरमा

  प्रकाशित मिति
१६ आश्विन २०७३, आईतवार १९:१४


1

चन्द्रगढी । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले यहि मंसीरमा पूर्वाञ्चलमा सञ्चालन गरिने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रतियोगिताको आयोजना हुन करिब १ महिना मात्र बाँकी रहँदा त्यसको पूर्व सन्ध्यामा तयारी बारे अनुगमनका लागि गर्न झापा आइपुगेका मन्त्री श्रीपाईलीले आइतबार झापा खेलकुद विकास समितिको कार्यालयले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् ।

मंसीरमा सातौं राष्ट्रिय प्रतियोगिता हन्छ हुँदैन भन्ने खेलजगतमा दोधार उत्पन्न भईरहँदा त्यसलाई चिर्दै मन्त्री श्रीपाईलीले भने,‘प्रतियोगिता हुन्छ मंसीरमै त्यो पनि पूर्वाञ्चलमा नै हुन्छ’ युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल,राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले,मन्त्रालयका सचिव दाहाल,सह सचिव चुडामणि पौडेल,राखेप सदस्य तथा सातौं राष्ट्रिय प्रतियोगिताका पूर्वाञ्चल समन्वयकर्ता शम्भु आचार्य,प्रतियोगिताका सचिवालय प्रमुख लवभक्त श्रेष्ठ,पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी,जिल्ला अध्यक्ष शंकर थापालगायतले झापामा गरिने क्षेत्रीय छनौट प्रतियोगिताका लागि विभिन्न खेल स्थल तथा पूर्वाधारको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: