सात दिनभित्र झापामै पीसीआर ल्याब

  प्रकाशित मिति
११ जेष्ठ २०७७, आईतवार ०९:१९


मेचीनगर, ११ जेठ । भद्रपुरमा कोरोना भाइरस जाँच्ने पीसीआर ल्याव सात दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ ।

क्राइसिस मेनेजमेन्ट कमिटी (सीएमसी) र कोभिड–१९ संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिको निर्णय अनुसार भद्रपुरस्थित तत्कालीन जनस्वास्थ्य कार्यालयको सुविधासम्पन्न तालिम केन्द्रमा ल्याव स्थापना गर्न लागिएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार आइतवार प्रदेशबाट आउने प्राविधिक टोलीले ल्याव राख्ने भनिएको भवन हेर्ने भएको छ ।

‘टोलीले ओके भन्नासाथ विराटनगरमा मेसिन रेडी नै छ,’ ल्याव सञ्चालनबारे ढकालले लोकतन्त्र पोस्टसँग भने–‘सञ्चालनमा ल्याउन ७ दिनभन्दा बढी लाग्दैन ।’

जनस्वास्थ्य कार्यालयले निर्माण गरेको सो भवन रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र र मेची अञ्चल अस्पतालको सामुन्ने छ ।

पूर्वी नाका काँकरभिट्टा, कचनकबल लगायतका सीमावर्ती क्षेत्रबाट सयौं नेपाली ह्वारह्वार्ती घर फर्कन थालेपछि उनीहरुको कोभिड परीक्षणका लागि झापामै पीसीआर ल्याव जरुरी भइसकेको छ ।

ल्याव सञ्चालनमा आएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङको कोभिड परीक्षण भद्रपुरमै हुनेछ , विराटनगर र धरान धाइरहनु पर्दैन ।
पीसीआरका लागि चाहिने भीटीएम किट पनि अहिले अभाव छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: