‘साथी’को कार्यक्रम निर्देशकमा धिताल

  प्रकाशित मिति
२७ कार्तिक २०७५, मंगलवार ०८:१५


मेचीनगर । काँकरभिट्टास्थित रेडियो साथीको कार्यक्रम निर्देशकमा युवा सञ्चारकर्मी जीआर धिताल नियुक्त भएका छन् ।

सामुदायिक सूचना तथा सञ्चार केन्द्र नेपालद्वारा ९८.६ मेगा हर्जको तरङ्गमा प्रशारण भइरहेको ‘रेडियो साथी’ झापाको सबैभन्दा कान्छो सामुदायिक रेडियो हो ।

रेडियो साथीको कार्य सम्पादन समितिको सोमवार बसेको बैठकले रेडियोकर्मी धिताललाई सो पदमा नियुक्त गरेको संस्थाका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

बैठक समितिको अध्यक्ष पुनम प्रधानको अध्यक्षतामा भएको थियो ।

रेडियो सरगम र रेडियो लोकतन्त्रमा काम गरिसकेका धिताल काँकरभिट्टास्थित अरुणोदय आवासीय माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारीमा समेत छन् ।

यसैगरी, रेडियोको प्राविधिक प्रमुखमा युवराज लिम्बु नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: