सानासाना कामको ठूलो प्रभाव

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १६:०९


cover भर्खर किशोर अवस्थामा प्रवेश गर्दैै थिएँ । मेरा आफन्त (दुई फरक परिवार)का दुई छोरीको बिवाह एउटै घरका दाजुभाइसँग भएको थियो । बिवाह पछि मैतालु फर्काउने चलन अभैm छ । यसरी मैतालु फर्काएकी चेलीसँग उनी गएको घरको चालचलन, रीतिरिवाज, नन्द आमाजु, सासु ससुरा, श्रीमान्का आनीबानीका कुरा माइतीमा सबैको चासोको बिषय अहिले पनि हुन्छ । त्यो बेला सायद झन् धेरै हुन्थ्यो । किनकि आजको समयमा जस्तो धेरै कुराको जानकारी त्यो समयमा लिन सकिदैन थियो ।

मेरी आमासँग कसैले कुरा गरेको सुनेँ लौ त्यो घरमा त लोग्नेले नुहाएपछि इनारमै कट्टु छाडेर आउँछन् अरे । खोजेर धोएर ल्याइदिनु पर्छ रे । मेरो किशोर मस्तिस्कले किन त्यसो गरे होलान् ? नुहाएपछि आफ्नो कट्टु त आपैmले धोएर ल्याए भैहालो नि भन्ने ठान्यो । तर मैले त्यसको जवाफ कहिल्यै पाइन । अर्कोअर्को बर्ष पनि त्यो घरपरिवारका कुरा आमाहरू भेला भएर त्यसैगरी गरेको सुन्थेँ । घरमा सधँैजसो झगडा हुन्छ रे, मेलमिलाप छैन, सधै अभाव र अनिकाल, खेती त छ तर खान पुग्ने अन्न फल्दैन रे आदि आदि ।

मेरो किशोर अवस्थाको उत्तरार्धतिर पुग्दा बुबाले अह्राए बमोजिम म र मेरा एक आफन्त मिलमा धान कुटाउन गएका थियौँ । मिलमै धान सुकाएर कुटाउनु पथ्र्यो । त्यसै ग¥यौँ । कुटानीको ज्याला फिटरलाई दिए हुन्थ्यो । मैले जति लाग्थ्यो दिएँ । मसँगै गएका मेरा मित्रले फिटरलाई लाग्ने ज्यालाको आधा मात्रै पैसा दिएर भने मालिकसँग त धेरै पैसा छ किन सबै पैसा दिनु, यो पैसा पनि आधा तिमी राख आधा मालिकलाई देउ । फिटरले ङिच्च हाँसेर पैसा गोजीमा राखे । उनलाई यो कुरा ठिकै लागेछ । फिटरको आजको अवस्था के छ मलाई थाहा छैन, म उनलाई चिन्दिन पनि । तर मेरा मित्रलाई म आज पनि चिन्छु उनको अवस्था खासै राम्रो छैन । जसोतसो चलेको छ ।

म युवा अवस्थामा प्रवेश गरेपछि घरायसी गर्जो टार्न सिलगढीबाट चियापत्ती किनेर इटहरी, बिराटनगरसम्म लगेर बिक्री गर्ने गर्थेँ । त्यसमा नियमित त होइन तर कहिलेकाहिँ यो ब्यापारमा अरु दुईजना साथी पनि सहभागी थिए । जो आज पर्यान्त काँकरभिट्टामै छन् । उनीहरू बसमा भाडा तिर्न आनाकानी गर्थे । कहिले स्टाप भन्थे, कहिले चिनेको गाडीका लागि पर्खन्थे । पैसा दिँदा पनि निकै कम तिर्थे । आज पनि उनीहरू काँकरभिट्टामा नै छन् । अवस्था दुवैको ठिकठिकैको मात्रै छ । आज पनि उनीहरू यसरी नै पैसा बचाउँछन् । अर्थात् तिर्नु दिनु पर्ने जति नतिरेर नदिएर ।

माथि उल्लेख गरिएका तिनवटा घटना एकदमै साधारण हुन् । ती र त्यस्ता घटना हाम्रो समाजमा छिनछिनमा र दिनदिनमा प्राय नै भइरहन्छन् । यसलाई समाजले एकदमै साधारण मान्छ । किनकि हाम्रा सामाजिक मान्यताहरू नै यसरी नै निर्माण भएका छन् । किन हो मलाई यस्ता सानासाटा घटनाले छुने गर्छ । सायद मलाई बुबाले सानो छँदादेखि नै भन्ने गरेको ‘कसैको चार पैसा नखानु, कर्म गरेर खानु’ भनेको प्रभाव हो जस्तो लाग्छ ।

हामी के गर्नुलाई ठीक मान्छौँ र के गर्नुलाई बेठिक मान्छौँ । यो हामीले देखेका, सुनेका, सिकेका र गरेका कारणले हाम्रो निजी दर्शन बन्ने रहेछ । आफ्नो दर्शन अनुसारको कर्म र कर्म अनुसारको नतिजा हामी भोग्ने रहेछौँ । यसलाई परिवार र समाजमा चलेका चलन र तिनले पाएको मान्यताको ठूलो प्रभाव हुने रहेछ । भारतका पूर्व राष्ट्रपति अव्दुल कलामले भनेका छन्– ‘बानी बदल, तिम्रो भविश्य बदलिन्छ ।’

संयुक्त राष्ट्रसङ्घका लागि सामाजिक रुपान्तरणको विषयमा श्रोत व्यक्ति बनेका जाजरकोटमा जन्मिएका नरबहादुर कार्कीले पनि एउटा कार्यक्रममा भनेका थिए–‘तिमी आफ्नो दर्शन बदल, तिम्रो भविश्य बदलिन्छ ।’ हामी जे गर्नुलाई उचित ठान्छौँ त्यो हाम्रो निजी दर्शन हो भन्ने भनाई नरबहादुर कार्कीको रह्यो । दर्शनले कर्म, कर्मले बानी र बानीले भविश्य निर्धारण गर्छ भन्ने भनाई माथिका दुवै महान व्यक्तिका भनाईबाट बुझ्न सकिन्छ ।

मेरो किशोर अवस्था सुरु हुँदा आमाहरूले गरेको कुराबाट अलिकति त्यो समयको चलनलाई बुझाउँछ र धेरै त्यो सम्वन्धित परिवार र व्यक्तिले बोकेको दर्शनलाई । मेरो किशोर अवस्थाको उत्तरार्ध र युवा अवस्थामा भएका घटनामा ती मेरा मित्रहरूले बोकेको दर्शनले उनीहरूको जीवनको गोरेटो कोरेको मेरो अनुमान छ । ती कसैले पनि सुरुको आफ्नो दर्शन बदलेनन् । किनकि उनीहरूलाई त्यो उचित लागिरह्यो । त्यही दर्शनको कारण उनीहरूको कर्म भयो, कर्मले बानीको रुप लियो र बानीले उनीहरूको भविश्य निर्धारण गर्दै अगाडि बढ्यो ।

मैले भर्खरै केही नवदम्पति जोडीलाई नजिकबाट नियालिरहेको छु । उनीहरूको आजको दर्शन र कर्मले भविश्यको बारेमा अनुमान लाउन सकिने भएको छ । म चाहन्छु उनीहरूले आफ्नो दर्शन बदलुन् र सुरक्षित एवम् सुन्दर भविश्य बनाउन सफल हुन् । मेरो चाहना के हुन्छ त्यो त आगामी दिनले नै भन्ने छ । आज उनीहरूको दर्शनले कर्ममा होइन, छलछाम, भोग र देखावटी आडम्बरमा विश्वास गर्छ ।

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: