सानो नाटकको ठूलो प्रभाव

  प्रकाशित मिति
२८ फाल्गुन २०७३, शनिबार ११:२१


Pic 1 (15)जीवनमा कतिपय परिघटना कति स्पृश्य भएर स्मृतिमा गढ्छन् भने तिनलाई अन्य कस्तै प्रभावी घटनाले पनि अपरोपण गर्न सक्तैनन्, स्मृतिपटको सूचीबाट हटाउन सम्भव हुँदैन । कतिपय परिदृश्य कति चोटिलो गरी मनको सम्पूर्णतालाई छोइने गरी मनमा खोपिन्छन् भने म जस्तो हृदयतः अनुभूत गर्ने कलमकर्मीले कलम नसमाएसम्म मनै हुँडल्ने गर्छन्, चरम हर्षातिरेक रमाइलोले बेचैन तुल्याउने गर्छन् ।

मानिस जीवनचड्ढर्याको गणित अनुरुप धेरै अर्थमा सामाजिक प्राणी हो र समयक्रममा भए–हुने गरेका अनेकानेक प्रसंग एवम् प्रकरणहरूद्वारा सदा प्रभावित पनि हुने गर्दछ । जीवनको यो उत्तराद्र्धसम्म Pic 1 (11)आइपुग्दा यस्ता निकै नै घटनावलीबाट म प्रभावित भएको छु । आजपर्यन्त पनि घटना–विशेषलाई सपाट र सतही रूपमा मात्र लिने वा बुझ्ने मेरो लेखकीय आदत बनेन । भावनाले नै जहिल्यै मेरो मन–मस्तिष्कलाई निर्देशित गरिरहने ग¥यो । मैले जहिल्यै पनि मनको आदेश सुन्ने गरें, त्यही मनले मलाई हरदम आफू अनुकूल डोहोर्याइरह्यो । यसैलाई मैले सार्वजनिक समाजको भीडमा आफ्नो निरपेक्ष किंवा निस्पृह उपस्थिति भन्ने गरेको हुँ ।

यतिबेला मलाई अथवा मेरो मनलाई एउटा परिदृश्यले त्यस्तै भावान्दोलित बनाइरहेको छ । यो सत्य म घटनाको दृश्य–परिदृश्य Pic 1 (10)एवम् त्यसका सूत्राधार कल्पनाकारसँगको मेरो सामाजिक नाता–सम्बन्धबाट माथि उठेर लेखिरहेको छु, जसरी मेरो जीवनान्तरवर्ती ख्याति–उपलब्धिसित त्यस घटना–परिवेशको कुनै औपचारिक सम्बन्ध छैन ।

यही फागुन १५ गते झापा सदरमुकाम चन्द्रगढीस्थित उन्नत निजी शिक्षालय प्रज्ञा एकाडेमीले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विविध कार्यक्रमभित्रको एउटा प्रस्तुतिले मेरो अभ्यन्तरलाई साह«ै छोयो । यसरी नै त्यहाँ उपस्थित मेरा बौद्धिक मित्रहरूलाई मात्र होइन, धर्म–सम्प्रदायहरूद्वारा क्रमशः टुक्रिँदै गएको समाजका प्रति अव्यक्त सम्बेदनशील रहेका सामान्य अभिभावकहरूलाई समेत प्रभावित तुल्याएको बुझेपछि झन् मेरो मन त्यस प्रस्तुतिको चूरोसँग लहरिन गयो ।

सबैका ईश्वर (भगवान्) एकै हुन्, तिनका स्वरुप मात्र अलग–अलग हुन्, ती भगवान्हरूले निर्देश गरेका मार्गको सार एउटै हो ।

तर, तिनलाई मान्ने तरिका मात्र पृथक–पृथक हो । भगवान्हरूका स्वरुप फरक हुन सक्लान् । तर, ती सबै (हिन्दू, बौद्ध, इसाई, इस्लाम लगायत)–ले प्राणी जगत्को कल्याणका निम्ति निर्देश गरेको पथ एउटै हो भन्ने मार्मिक एवम् जीवन्त सत्य बोकेको सर्वधर्म समभावको सन्देशसहितको छोटो नाटक ‘अनेकतामा एकता’ Pic 1 (6)अत्यन्तै समय–सान्दर्भिक र औसत शैक्षिक प्रतिष्ठानहरूले आयोजना गर्ने गरेका कार्यक्रमहरूमध्ये सर्वथा मौलिक हो भन्ने मेरो ठम्याइ हो । यसलाई पुष्टि गर्ने तार्किक आधारहरू पनि मसित प्रशस्त छन् । र, यही नै आध्यात्मिक विज्ञानले सिद्ध गरिराखेको विश्वजनीय सत्य पनि हो ।

प्रज्ञा एकाडेमीका नौ र दश कक्षाका छात्रहरूद्वारा प्रस्तुत सो ‘अनेकतामा एकता’ नाटकका परिकल्पनाकार युवा प्रिन्सिपल इशुभ पाण्डे र त्यसका प्रस्तोता प्रज्वल ढकाललाई विश्वमा हिन्दू, बौद्ध, इसाई, इस्लाम बाहेक यहुदी, पारसी, ताओ, कन्फुसियन, शिन्तो Pic 1 (3)इत्यादि धर्महरू पनि प्रमुख मानिन्छन् भन्ने थाहा होला÷नहोला; त्यतातिर बरालिन आवश्यक छैन ।

किन आवश्यक छैन भने, तिनका प्रभाव हाम्रो सामाजिक र राष्ट्रिय परिवेशमा छैन । जो प्रभावी छन्, तिनलाई नाटकका पात्रहरूद्वारा मञ्चन गरिएको छ । त्यति मात्र पनि होइन, आफ्नो सामाजिक जीवनलाई अव्यक्त रूपमा पिरोलिरहेका धर्मका प्रतिनिधि पात्रहरूको झगडा नेपालको राष्ट्रिय झण्डाको छायाँमा ‘रातो र चन्द्र सूर्य…’ राष्ट्रिय गीतमा भावविभोर भई साम्य हुँदा त्यहाँ उपस्थित हरेक नेपाली मन आनन्दविभोर भएको देखिएको थियो । वस्तुतः फरक–फरक धर्म–सम्प्रदायप्रतिका आस्थामा एउटै राष्ट्रिय Pic 1 (19)समाजका सदस्यहरू विभाजित हुँदाको स्वाभाविक अनेकता (मष्खभचकष्तथ) स्वाभाविक हो । यस्तो अनेकता अहिले हाम्रो मुलुकका निम्ति उम्दा समस्या बनेका छन्, राज्य व्यवस्था र समाजका एकाइहरूसम्मका लागि । र, प्रज्ञा एकाडेमीमा प्रस्तुत सो नाटकले त्यो समस्या र अप्ठ्यारोलाई राष्ट्रिय झण्डाको छत्रछायाँमा ल्याई राष्ट्रिय भावनाको गर्वोन्नत गान सेचन गरेर एकता (गलष्तथ)मा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अत्यन्तै स्तुत्य प्रयास गरेको छ ।

— नाटकमा एउटा पात्र मूर्तिवत् छ । त्यसलाई एउटा हिन्दू धर्मानुरागीले छिनो र हथौडाको माध्यमबाट आफ्नो अनुकूल स्वरुपको बनाएर एउटा हिन्दू भजनले अभिषेक गर्छ । त्यसपछि एउटा इसाई धर्मावलम्बी आउँछ र उसले पनि आफ्नो आस्थागत स्वरुपमा सो मूर्तिलाई परिवर्तन गरी सो धर्मको परम्परागत प्रार्थना गर्छ । त्यसपछि पालैसँग बौद्ध र इस्लाम धर्मावलम्बी आएर सोही मूर्तिलाई आफ्नो परम्परानुकूल परिवर्तन गरी आ–आफ्नो नियमानुसार पूजा गर्छन्, अल्लाह पुकार्छन् । त्यसपछि उनीहरूबीच ‘मेरो धर्म ठूलो’–को झगडा–झडप हुन थाल्छ । अन्त्यमा, जसै एउटा देशभक्त नेपाली आउँछ र सोही मूर्तिलाई राष्ट्रिय झण्डावाहकमा परिणत गरिदिन्छ र राष्ट्रको झण्डा फहराउँछ अनि राष्ट्रिय गीतले पवित्रिकृत गर्छ; तब ती सबै धर्मावलम्बी त्यसका मुन्तिर हर्षविभोर भएर श्रद्धावनत् एकत्रित हुन्छन् ।

— नाटकमा संवाद होइन, दृश्य स्वयम् यसरी बोल्छ – जसको मौन स्वरले दर्शकदीर्घामा उल्लाससँगै सन्नाटा छाउँछ । सो मूर्तिलाई आ–आफू अनुकूल मोड (स्वरुप) दिइने गरेको र अन्ततः सत्य के प्रकट गराइन्छ भने, जो जहाँ र जुन अवस्थामा भए पनि ऊ मूलतः नेपाली हो र नेपाली सबै एकै हुन्, एकै हुनुपर्छ भन्ने राष्ट्रको खास अपेक्षा हो भन्ने सन्देश दिइन्छ ।

विभिन्न धर्म–सम्प्रदायको बजारीकरण भइरहेको नेपालको वर्तमान समय–सन्दर्भमा यही प्रक्रियाको व्यावहारिक दुष्परिणाम समाज विभाजनकोे अंदरुनी कारकतत्व बनिरहेको नस्वीकार्नु वस्तुतः खुल्ला यथार्थका प्रतिको अन्याय ठहर्दछ । अनादिकालदेखि यस नेपालभूमिमा अख्तियार भइआएको हिन्दू धर्म–सम्प्रदायकै सहोदर स्वरुपमा भारतमा जन्माइएका दुई दर्जन बढी धर्म–सम्प्रदायरुपी घटकहरूले नै नेपालमा बजार विस्तारको होड चलाइरहेका छन् र धर्मपरायण वा धर्मभीरु नेपाली समाजको धरातलीय तप्काको मानसिकतालाई ओल्टेकोल्टे पारेर टुक्र्याउने काम गरिराखेका छन् । यद्यपि, यसो हुनुलाई यहाँसम्मको नेपाली सनातन विश्वास, सोच र बोध–अवधारणाको भावभूमिमा अन्य राजनीतिक वैशाखी टेकेर नेपालमा घनघोर उफ्रीपाफ्री गरिराखेका गैरहिन्दू धर्महरूभन्दा सह्य र ग्राह्य ठानिइरहेको हुन सक्तछ । परन्तु, पराया (गैरहिन्दू) धर्मका सैद्धान्तिक विश्वास टेकेर उभिएका धर्मका व्यावहारिक क्रियाकलापले राजनीतिक मेसो समेत, परोक्ष–प्रत्यक्ष रूपमा, समाउन थालेर आस्था–आस्थाका व्यक्ति–व्यक्तिमा विचारकै वैभिन्य प्रादुर्भाव गराई त्यसको मनोवैज्ञानिक असर राष्ट्रिय राजनीतिक सेरोफेरोमा प्रकीर्ण हुनु भावी दिनका निम्ति ठूलो चिन्ताको विषय बनेको छ । ‘भाइ फुटे–गँवार लुटे’ उखानशैलीमा आज देशबासीले जुन पीडा–प्रताडना भोगिरहेका छन्, प्रज्ञा एकाडेमीले त्यसलाई सफलतापूर्वक आफ्ना विद्यार्थी र अभिभावकहरूमाझ उजागर गर्ने प्रयासका रूपमा सो नाटक ‘अनेकतामा एकता’ प्रस्तुत गरेको मेरो र मजस्ता दर्शकको निरपेक्ष टिप्पणी हो । यो नाटकलाई केही पटकथा र पटप्रकरण थपेर अन्यत्र पनि प्रस्तुत गर्न सके एउटा ठूलै अपेक्षित परिणाम हासिल हुनेछ । किनभने, नाटकले यस देशको मौलिक एवम् शाश्वत राष्ट्रवादलाई पृष्ठभूमिमा राखेको छ, यो कुरो नबुझिनु निश्शेष सार नबुझेको ठहर्छ ।

किनभने, ‘राष्ट्रवाद’ भनेको भूगोल भन्दा बढी भावना हो । राष्ट्रवाद कुनै एक मौसममा लगाइने फसल होइन । राष्ट्रको जीवनलाई अत्यावश्यक श्वास, रक्तसञ्चार वा स्पन्दन नै हो – राष्ट्रवाद । कुनै पनि राष्ट्रको सर्वांगीण समृद्धि र श्रेष्ठता प्रतिष्ठापनका लागि अनिवार्य र अपरिहार्य भावनात्मक शक्तिको समष्टि हो – राष्ट्रवाद । यो कोरा नारा मात्रमा होइन; राष्ट्रको मौलिक संस्कृति, जातीय सनातन सभ्यता र मौलिकताको जीजिविषाबाट राष्ट्रमै समर्पित हुने एक अदम्य तपस्या हो । अहिले नेपाली राष्ट्रवादको उपर्युक्त भवितालाई एक्ल्याएर तेजोबध गर्ने भित्री–बाहिरी छद्म प्रतारणाहरू सर्वोपरि घातक बन्ने दिशान्मुख छन्, तथापि जनमानसमा सतर्कता बढेको अवस्था छ । र, प्रज्ञा एकाडेमीको उक्त नाटकले यही कुरालाई व्यवहारमा आकृत गर्न चाहेको हुनुपर्छ भन्ने मेरो बुझाइ हो । यदि मेरो बुझाइ सही हो भने प्रज्ञा एकाडेमी, त्यसमा अध्ययनरत् विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद–साधुवाद मात्रले पुग्दैन । यस सर्वथा अनुकरणीय एवम् आह्लादकारी प्रशंस्य कार्यका लागि बधाई नै दिइनु पर्दछ – हर्षातिरेक स्निग्ध बधाई ! र, अभीप्सा राखौं– हरेक सक्षम र उत्तम शिक्षालयबाट पनि यस्तै स्थानीय समाज र अन्ततः राष्ट्रोपयोगी सन्देश निसृत हुने गरोस् । शेष फेरि… ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: