सामाजिक अपराध घटाउन जिल्लामा प्रहरी सक्रिय

  प्रकाशित मिति
८ फाल्गुन २०७६, बिहीबार १३:४६


भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको रु. ४६ लाख ७९ हजार ३६२ बराबरको सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालले विभिन्न नाका प्रयोग गरी अबैध रुपमा नेपाल भित्र्याइएका लत्ताकपडा, विद्युतीय सामाग्री, सवारी पार्टपूजा,पशुचौपाया तथा अबैध काठलगायतका वस्तुहरु बरामद गरी सो मूल्य बराबरको मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको बताए ।

उनले माघ महिनामा मात्र विभिन्न मुद्दामा फरार रहेका अदालतबाट १० बर्ष ६ महिना १६ दिन कैद एवम् रु ४२ हजार ७०० जरिवाना जम्मा भएका फरार ९ जना प्रतिवादीहरुलाई विभिन्न स्थानबाट लुकीछुपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा दाखिला गरेको बताए ।

उपरीक्षक कोइरालाले माघ महिनामा मात्र अभद्र व्यवहार, लागू औषध, जबरजस्ती करणी, कर्तव्य ज्यान र अन्य अपराधका १२८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको र १५० जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये सबैभन्दा बढी अभद्र व्यवहारमा पक्राउ परेका छन् । जसमा चार जना विदेशी रहेको जनाइएको छ ।

प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामाजिक अपराध घटाउने उद्देश्यले साइबर अपराध, लैङ्गिक हिंसा, ट्राफिक नियम र लागू औषध सम्बन्धीका कार्यक्रमहरु स्कूल र विभिन्न स्थानमा गर्दै आएको छ । जसमा प्रहरी उपरीक्षक कोइराला आफैं पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: