सामाजिक परिचालन समन्वय समितिको अनुगमन

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार ११:२९


मेचीनगर । मेचीनगर सामाजिक परिचालन समन्वय समितिले मेचीनगरका विभिन्न वडामा गठित नागरिक सचेतना केन्द्रहरुको भौतिक पूर्वाधार तथा लघुवित्त कार्यक्रमको आइतबारदेखि अनुगमन सुरु गरेको छ ।

समितिले आइतबार मेचीनगरका वडा नम्बर १ मा गठित जनचेतना नागरिक सचेतना केन्द्र,२ मा गठित तारावारी नागरिक सचेतना केन्द्र, ३ मा गठित प्रगतीशिल नागरिक सचेतना केन्द्र,४ मा गठित जनज्योती नागरिक सचेतना केन्द्र र वडा नम्बर ६ मा गठित सप्तरङ्गी नागरिक सचेतना केन्द्रको अनुगमन गरेको हो ।

त्यसैगरी सोमबार मेचीनगरको वडा नम्बर ७ मा गठित निन्दाधार नागरिक सचेतना केन्द्र, ८ मा गठित प्रगती नागरिक सचेतना केन्द्र, ९ मा गठित बुधारु नागरिक सचेतना केन्द्र र वडा नम्बर १० मा गठित साई प्रगती नागरिक सचेतना केन्द्रको अनुगमन गरेको छ ।

सामाजिक परिचालन समन्वय समितिले अनुगमन गरेका केन्द्रका सदस्यहरुबीच भेटघाट, छलफल र गतिविधिहरुको अवलोकन गरिएको अनुगमन टोलीले जनाएको छ । सो टोलीमा मेचीनगर नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, सामुदायिक शाखाकी जयन्ती खरेल, कार्यक्रम संयोजक सोमराज ढकाल, समितिका सदस्य लोकबहादूर दाहाल, छविलाल खतिवडा, रेणुका डाँगी, शेख अमिन अली लगायतको सहभागिता रहेको टोलीमा संलग्न सदस्य मुकुन्द शिवाकोटीले बताए ।

नगरका विभिन्न वडामा विपन्न वर्ग,समुदायका नागरिकलाई लक्षित गरि गठित केन्द्रका सदस्यहरुले खानेपानी,शौचालय, सडक बत्ती, नागरिकता जस्ता विषयहरुको समस्या देखाउंदै उक्त समस्या समाधानका लागि पहल गरिदिन अनुगमन टोलीलाई आग्रह गरेका थिए ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसिडिपि) को अनुदान सहायतामा गत वर्ष गठित केन्द्रहरुले वडामा विकास निर्माण तथा सामाजिक सचेतना सम्बन्धि गतिविधि सञ्चालन गर्दै आएको सामाजिक परिचालन समन्वय समितिका कार्यक्रम संयोजक सोमराज ढकालले जानकारी दिए ।

अनुगमन गर्न बाँकी रहेका नगरका अन्य ३ वटा वडा सचेतना केन्द्रमा भने मङ्गलबार अनुगमन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: