सामाजिक सञ्जालमा पत्रकारिता

  प्रकाशित मिति
२१ बैशाख २०७७, आईतवार १२:५५


आजको दुनियामा पत्रकारिताले नयाँ स्वरुप लिएको छ । केही समय अघिसम्म छापा मिडिया जति चल्दथ्यो, त्यो खपत वृद्धिको अनुपात निरन्तर घट्दो क्रममा छ र केही समयपछि निरन्तर, त्यो अनुपात ऋणात्मक हुने निश्चित छ ।

यस्तो घटनाक्रम चलिरहँदा केही समय अघिदेखि पत्रकारिताको नयाँ स्वरुपहरुको खोजी भइरहँदा डिजिटल प्रविधिको पत्रकारिता सुरु भयो ।

यसमा आधिकारिक वेबसाइट, आधिकारिक मोबाइल एप्स इत्यादी रहे, सँगसँगै सामाजिक सञ्जाल अन्तरगतको पत्रकारिता पनि निरन्तर अघि बढ्यो ।

अबको समस्या भनेको सामाजिक सञ्चालको पत्रकारितालाई कसरी व्यवस्थापन गर्ने भन्ने अत्यन्त ठूलो चुनौती रह्यो ।

सामाजिक सञ्जालमा व्यक्तिको मुख्य रुपमा दुईवटा चरित्र निर्माण भएको हुन्छ, एउटा उसको व्यक्तिगत जीवनसँग सम्बन्धित र अर्को संस्थागत चरित्र जुन उसले आफू संलग्न संस्थाबाट स्थापित गरेको हुन्छ ।

यसमा पनि संस्थागत चरित्र संस्थामा आवद्धता सँगसँगै फरक–फरक हुन्छ । पत्रकारिताको सन्दर्भमा भन्ने हो भने पत्रकारितालाई पेसा बनाएर कार्यरत रहनुभएका सम्पूर्ण व्यक्तिहरुको पनि चरित्र निर्माण भएको हुन्छ ।

पहिला–पहिला पत्रकारितामा आवद्ध रहेका व्यक्तिहरुले आपूm संलग्न पत्रिकामार्फत आफ्नो विचारहरु राख्दथे, खबरदारी गर्नुपर्ने ठाउँमा खबरदारी समेत गर्दथे र त्यो सबै संस्थागत रहन्थ्यो ।

त्यसले व्यक्तिगत आचरणलाई केही दुरी कायम राख्थ्यो साथै संस्थागत आचरण मात्र प्रस्फुटन हुन्थ्यो । मैले जोड दिन खोजेको के हो मात्र भने पत्रकारिता क्षेत्रमा आवद्ध हुने व्यक्तिहरुले सामाजिक सञ्जालमा पत्रकारिता गर्दा संस्थागत पत्रकारिता गरौँ, (संस्थागत आधिकारी सामाजिक सञ्चालका पेजबाट), पत्रकारितासँग सम्बन्धित बिचारहरुलाई पहिलो संस्थागत होऊन ।

यसो गर्दा सामाजिक सञ्जालमा तपाईका व्यक्तिगत आचरण, व्यवहार, राजनैतिक संलग्नता लगायत अन्य गोपनियतासँग सम्बन्धित कुराहरु सुरक्षित बन्दछन् र विचार साँच्चिकै संस्थागत रहन्छ ।

सामाजिक सञ्जालमा राख्नुपर्ने अन्य थुप्रै व्यक्तिगत सामग्रीहरु हुन सक्छन्, तिनले प्राथमिकता पाउनेछन् । व्यक्तिगत रुपमा राखिएका संस्थागत रुपमा राखिँदा उपयुक्त हुने विचारहरु व्यक्तिगत रुपमा राख्दा तिनमा आउने जिज्ञासा, क्रोध, धारणा लगायतले अनावश्यक मानसिक तनाव, तिनको प्रतिउत्तर दिँदा घर तथा समाजमा दिने समयको क्षती (क्षती यसकारणले कि, ती विचारहरु कहिल्यै संस्थागत बन्दैनन्) हुन्छ ।

सामाजिक सञ्जालमा हुने पत्रकारितालाई व्यवस्थापन गरौँ, विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना । (लेखक मनिष कोइराला एनएमसीको प्रधान कार्यालय काँकरभिट्टाका वरिष्ठ अधिकृत हुन्)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: