सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भष्ट्राचार मुद्दा दायर

  प्रकाशित मिति
५ आश्विन २०७९, बुधबार १३:२१


काठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

उनीविरुद्धको उजुरी अनुसन्धान हुँदा भण्डारीले आव ०७४/०७५ देखि आव ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नु पर्नेमा, कार्यालयको नामबाट बैंकलाई आफैंले पत्र लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ छोराको व्यक्तिगत खातामा जम्मा गरी भुक्तानी लिएको देखिएको छ ।

व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले भण्डारीलाई बिगो २० लाख ७८ हजार ६ सय कायम गरी भ्रष्टाचार निवारण ऐनले निर्देश गरे बमोजिम जरिवाना र कैद सजाय गरी अदालतमा आरोप पत्र दायर गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: