सामुदायिक केन्द्रको अध्यक्षमा प्रह्लादमणि

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार १४:५०


अध्यक्ष प्रह्लादमणि ओली

मेचीनगर, ३ साउन । मेचीनगरको आधा भूगोल समेट्ने सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा प्रह्लादमणि ओली सर्वसम्मत चयन भएका छन् ।

                                                                    वरिष्ठ उपाध्यक्ष पदमा रविन बस्नेत

केन्द्रको शनिवार धुलावारीमा भएको विशेष साधारणसभाले ओलीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिले सामुदायिक हितका लागि विभिन्न कार्य गर्दै आएको छ । यसको गठन सर्वदलीय आधारमा हुने गरेको छ । मेचीनगरको नन्दा पुलपश्चिम धुलावारी, चारआली, ज्यामिरगढी, धाइजन, बुधवारे र दुहागढी क्षेत्र यसका कार्यक्षेत्र रहँदै आएको छ ।

सचिव कृष्णकुमार पनेरु

समितिको वरिष्ठ उपाध्यक्ष पदमा रविन बस्नेत, उपाध्यक्षमा प्रदीप अधिकारी, सचिवमा कृष्णकुमार पनेरु, सहसचिवमा कविप्रसाद चिमरिया र कोषाध्यक्षमा रेणुका डाँगी चयन भएका छन् ।

यसैगरी, सदस्यमा सुवेश पनेरु, विश्वराज पोखरेल, टिका तिम्सिना, सबिना बजगाइँ, कृष्ण चापागाई, ध्रुव ओली, अर्जुन राजबंशी, चन्द्रकला खवास र जानुका ओली चयन भएका छन् ।

विशेष साधारणसभामा नेपाली काङ्ग्रेस झापाका १ नं. क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा जिल्ला सदस्य देबकुमार राई र इलाका प्रहरी कार्यालय धुलावारीका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कैलाश चौधरी अतिथि रहेका थिए ।

यस अघि केन्द्रको अध्यक्षमा अरुणकुमार बुढाथोकी थिए । उनको निधन भएपश्चात विशेष साधारणसभा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: