सामुदायिक विकासमा क्रियाशील छौं

  प्रकाशित मिति
२८ श्रावण २०७३, शुक्रबार १२:३४


aviyana nepal

सामुदायिक विकासको क्षेत्रमा क्रियाशील संस्था हो झापा खुदुनावारीमा रहेको अभियान नेपाल । केही वर्षदेखि महिला दिदिबहिनीको सशतिmकरण, नेतृत्व विकासलगायत समुदायको आमूल परिवर्तन गर्न जुटेर लाग्दै आएको छ । वर्तामान अवस्थामा अभियान नेपाल कसरी सञ्चालन भइरहेको छ, अहिलेसम्म समुदायमा के गर्यो, भावी योजना कस्तो रहेको छ भन्ने विषयसँग सम्बन्धित रहेर अभियान नेपालका अध्यक्ष प्रसाद गुरागाईसँग लोकतन्त्र पोस्टका सागर गौतमले गरेको कुराकानी–

यतिबेला अभियान नेपाल के गदैछ ?
हाम्रो हेबिट्याट नेपालसँग १८ महिनासम्म अवधिको नयाँ प्रोजेक्ट सम्झौता भइसकेको छ । हामीले ६१ वटा घर निर्माण गर्नुपर्ने छ । जसमा विपन्न घरधूरीहरु पुनःसंरचना, छाना बेरा, मर्मतलगायतका कामहरु गर्नेछौं । ६० हजारको लागतमा घर सम्पन्न गर्ने लक्ष्य रहेको छ । राम्रो आयस्रोतका रुपमा देखिएको बासलाई निश्चित अवधिसम्म टिकोस भनेर विषादि युक्त गरेर प्रयोगमा ल्याउने सोच पनि रहेको छ । वातावरणलाई हराभरा बनाउने उदेश्यले बाँसको विरुवाको नर्सरी उत्पादन लगायतको कार्यक्रम हेबिट्याट नेपालसँगको नयाँ सम्झौता अन्तर्गत रहेको छ ।  अभियान नेपालको सामुदायिक विकास परियोजना अन्तर्गत गठन भएका समूहलाई सहकारीमा आबद्ध गराउने सोच हो । हामो संस्थाले हेफर नेपालसँग पनि ६ महिना अवधिसम्मको बाख्रापलानमा पनि सम्झौता गरिसकेको छ । उत्पादित बाख्राहरुलाई तौल गरी बिक्री गर्ने तयारी छ ।

६१ वटा घर निर्माण गर्ने कुरा भन्नुभयो चुनौतीपूर्ण देख्नुभएको छैन् ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हामीले काम गर्दा सम्झौता भए अनुरुप सम्पन्न गर्ने मुख्य चुनौती हो । हामी सम्झौता भएको समय सीमाभित्र नै घर निर्माण गरिसक्छौं । हेबिट्याट नेपालसँग ७२ लाखको लागतमा घर निर्माण गरिसक्नु पर्ने सम्झौता रहेको छ । स्थानीय सामाजिक संघसंस्था, नगरपालिकासँग सम्झौता गरी कनकाइ नगरपालिकाको आदिवासी बस्तीमा घर निर्माण गर्ने योजना रहेको छ ।

अभियान नेपालले सामाजिक क्षेत्रमा कस्ता काम गर्यो ?
हामीले सामाजिक क्षेत्रमा थुप्रै काम गरिसक्यौं र गर्दै जाने छौं । काम कै कुरा गर्दा हेयर कटिङ, सिलाइ कटिङ, हाउस वेयरिङ तालिम प्रदान गरेर स्थानीय युवा स्वरोजगार बनाउन सफल भयौं । खुदुनावारीलाई खुल्ला दिसामुक्त गाविस बनाउन जिम्मेवारीपूर्वक लागि पर्यो । हाम्रो सानो सहयोगले गर्दा सिङ्गो गाविस खुल्ला दिसामुक्त हुन पुग्यो । अहिले सामुदायिक भिलेज प्रोफाइलको काम खुदुनावारी, शरणामतिलगायत शनिअर्जुन, विर्तामोड, कनकाई नगरपालिका सम्पन्न गरिसकेको अवस्था छ । महिला दिदिबहिनीको आयआर्जन र नेतृत्व क्षमता विकास कार्यक्रमले गर्दा धेरै दिदीबहिनीहरु सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहनुभएको छ । इलामको सूर्योद्धय नगरपालिका फिक्कलमा एकीकृत कर प्रणालीको तथ्याङ संकलन गर्ने काम सम्पन्न गरिसकेको अवस्था छ । स्थानीय सहकारीसँग सम्झौता गरी फोहोरमैलाको व्यवस्थापनको काम गरिदैछ, अब पनि गदै जाने छौं । राष्ट्रिय हात धुने कार्यक्रम झापामा सम्पन्न गर्दा त हाम्रो संस्था थप समुदायमाझ चिरपरिचित हुन पुग्यो ।

संस्थाको आगामी योजना कस्ता रहेका छन् ?

सामाजिक क्षेत्रका थुप्रै काम गदै विकासको प्रचुर सम्भावनाको रुपमा देखिएको पर्यटन विकासका निम्ति काम गर्ने सोच बनाएका छौं । अहिले पर्यटकीय गन्तव्यको रुपमा अन्तराष्ट्रिय समुदायमा माझ समेत चिरपरिचित इलामको कन्यामको गुरुयोजना विकास गदैछौं । सलकपुर साधुटार सतासीधाम चुरे पदमार्ग अध्ययन गदै गुरुयोजना तयार गरिसकेका छौं ।

 तपाइलाई केही भन्न मन लागेको छ ?
आम जनसमुदायको सल्लाह, सुझाव ,टिप्पणी र पृष्ठपोषणले झापालगायत पूर्वाञ्चल क्षेत्रमा प्रायः सबैजसो ठाउँमा कुनै न कुनै माध्यमबाट संस्थाको ख्याती गएको छ । यसलाई संस्थाले सफलताको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: