सामुदायिक विद्यालयमा सीसी क्यामेरा

  प्रकाशित मिति
२७ पुष २०७३, बुधबार १०:४९


15966564_1191262440963654_2069887960_o

इटाभट्टा । आदर्श माध्यमिक विद्यालय मेचीनगर–१३ इटाभट्टामा झापामै पहिलो पटक सामुदायिक विद्यालयमा सीसी क्यामेरा तथा कक्षा कोठामा साउण्ड सिस्टम जडान गरिएको छ ।

मङ्गलवार विद्यालयमा आयोजित एक कार्यव्रmमकाबिच जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले सीसी क्यामेरा र साउण्ड सिस्टमको उद्घाटन गरेका छन् । उद्घाटन पछि बोल्दै जिशिअ बरालले प्रविधिको प्रयोगले विद्यालयको पठनपाठनमा सकारात्मक सहयोग पुग्ने बताए । उनले गर्दा हुन्छ भन्ने उदाहरण यस विद्यालयले नमूनाका रुपमा पेश गरेकोमा धन्यवाद दिए ।

विद्यालयमा तत्काल ९ थान सीसी क्यामेरा र ११ वटा कक्षा कोठामा डिजिटल साउण्ड सिस्टम जडान गरिएको विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्काले बताए ।

विद्यालयमा विद्यार्थीको सहज अनुगमन तथा शिक्षकहरुको समेत मूल्याङ्कन गर्न सीसी क्यामेराको प्रयोग प्रभावकारी बन्ने प्रअ खड्काले बताए । विद्यालयमा जडान भएका सीसी क्यामेराको सहयोगले कक्षा कोठाको सम्पूर्ण गतिविधि प्रधानाध्यापक वा अन्य शिक्षकहरुले कार्यालय कक्षामा नै हेर्न मिल्ने र साउण्ड सिस्टमको माध्यमबाट शिक्षक कक्षबाट विद्यालयका सबै कक्षा कोठामा एकै पटक कुनै जानकारी वा सूचना पठाउन सकिने व्यवस्था गरिएको सहायक प्रधानाध्यापक हेमेन्द्र निरौलाले जानकारी दिए ।

करिव दुई लाख रुपैयाँ खर्च गरेर सीसी क्यामेरा र साउण्ड सिस्टम जडान गरिएको र यसका लागि शिक्षा मन्त्रालयले सहयोग गरेको हो । प्रविधिको प्रयोगले विद्यार्थीहरूमा अनुशासित भएर विद्यालय समयमा अध्ययनमा केन्द्रीत हुन सहयोग गर्ने विद्यार्थी स्वेता दाहालले बताइन् । कार्यक्रममा सहायक जिसिअ होमनाथ भण्डारी, नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र कुरुङ्बाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यव्रmमको सञ्चालन शिक्षक लम्बोधर पौड्ेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: