सार्वजनिक कार्यक्रममा देखिन थाले किम

  प्रकाशित मिति
२० बैशाख २०७७, शनिबार १४:५२


झापा । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

किमको स्वास्थ्यबारे फैलिरहेको अनेक हल्लाकाबीच उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ ।

केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेन स्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरुसहित उपस्थित भएका हुन् ।

रोडोङ सिन्मुन अखबारको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिएका फोटोहरुमा किमलाई हाँस्दै गरेको र रिबन काट्ने समारोहमा सहयोगीहरुसँग कुरा गरिरहेको देख्न सकिन्छ ।

यो बाहेक उनले बोटबिरुवाहरु हेर्दै गरेको तस्वीरहरु पनि सार्वजनिक भएको छ । यद्यपी ती फोटोहरुको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

शुक्रवार अघि किम सार्वजनिक रुपमा अन्तिमपटक अप्रिल ११ मा देखा परेका थिए । अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिदैं आइएको थियो ।

यस अवधिमा किमका कुनै पनि गतिविधिका तस्वीर प्रकाशित नभएपनि उनी नियमित गतिविधिहरुमा सक्रिय रहेको बताइएको छ ।

सार्वजनिक रुपमा नदेखिएका किम यो अवधिमा सिरिया, क्युवा र दक्षिण अफ्रिकाका नेताहरुलाई अभिवादन पठाउने र तटवर्ती शहर वोनसनमा पर्यटक सुविधाको संरचना निर्माणमा खटिएका मजदुरहरुलाई धन्यवाद व्यक्त गर्ने जस्ता काममा सक्रिय रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ । (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: