सार्वजनिक यातायात नचलाउने महासंघको निर्णय

  प्रकाशित मिति
२६ असार २०७७, शुक्रबार १८:०५


मेचीनगर । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटि बैठकले वातावरण तयार गर्न सरकार उदाशीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।

सरकारले बिहीबार मात्रै जिल्ला भित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले सरकारसँग विभिन्न शर्तहरु राख्दै पुरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेका छन् ।

महासंका महासचिव सरोज सिटौलाले बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुर्नकर्जाको व्यवस्था लगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने निर्णय भएको बताए ।

सरकारले सहुलियपूर्ण कर्जाको व्यवस्था नगरे धेरै व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नै नहुने उनीहरुको तर्क छ ।

‘थन्किएकै ठाउँबाट एउटा बाहिर निकाल्न डेढ देखि २ लाखसम्म खर्च गर्नुपर्ने अवस्था छ, यति लामो समय सवारी बन्द गर्दा ऋणले थिचिएका हामीलाई सुहलियत र सहयोग हुने गरी सरकारबाट कुर्न प्याकेज आएन,’ सिटौला भन्छन्,‘एक दुई जना सक्षम व्यवसायीले सवारी निकाल्न पनि सक्लान्, तर अधिकांश व्यवसायी पीडामा छन्, कुनै न कुनै रुपमा सम्बाधेन नभई सवारी चलाउँदैनौं ।’

महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बीमाको ग्यारेन्टी गर्नु पर्ने माग पनि गरेको छ । भोलि सार्वजनिक सवारी चलेपनि रोग संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले सवारी चल्नुअघि नै त्यस्तो जोखिमको मूल्याङ्कन गरेर योजना बनाउनु पर्ने माग गरेको छ ।

महासंघले हाल गाडीको सबैजसो कागजपत्रको म्याद सकिएको भन्दै त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग गरेको छ ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: