सार्वजनिक सुनवाइ

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार १५:५१


भद्रपुर । जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको आव २०७२÷७३ को वार्षिक सार्वजनिक सुनवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा पशु चिकित्सक डा कुमारसिंह खत्रीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कार्यालयले चालु आवमा प्रशासनिक खर्चसहित रु चार करोड ८४ लाख ४८ हजार खर्च भएको जानकारी दिए ।

पशु, फुल र दुग्ध उत्पादन तथा घाँस उत्पादन तथा युवा लक्षित बजार प्रवद्र्धनजस्ता कार्यक्रममा खर्च भएको विवरण प्रस्तुत गर्दै डा खत्रीले जिल्लामा औसत मासु ३।५, फुल ५।५ र दुग्ध ६।४ मेट्रिक टन वार्षिक उत्पादन वृद्धि दर रहेको बताए ।

जिल्लामा गाई फार्म १५६, भैँसी फार्म सात, बाख्रा फार्म ८४ कुखुरा फार्म ३६०, कुखुरा लेयर्स फार्म २६ र पाडा फार्म २० वटा रहेका कार्यालय प्रमुख डा माधव दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: