सालको रुख काट्ने पक्राउ

  प्रकाशित मिति
२५ चैत्र २०७५, सोमबार १६:२४


भद्रपुर । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकाबाट मध्यरातमा सालको रुख काट्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धाशान्ति–३ का सनम राई रहेको डिभिजन वन कार्यालय झापाले जनाएको हो । राईसँग रुख काट्न संलग्न अन्य भने फरार रहेका छन् ।

बुद्धशान्ति वडा नम्बर–३ र ४ मा रहेको नवज्योति सामुदायिक वनमा आइतबार राति २ बजे रुख काट्दै गरेको सूचनाका आधारमा पुगेको वनको गस्ती टोली र स्थानीयवासीले उनलाई पक्राउ गरेको हो ।

राईलाई वन कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको र अन्यको खोजी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार राईसँगै गस्ती टोलीले २२ क्यू वि सालको काठ र काठ ल्याउन प्रयोग गरिने ठेला समेत पक्राउ गरेको छ ।

सरकारी वकिलको राय अनुसार पक्राउ परेका राईलाई म्याद थप गरेर २४ दिनसम्म वनको हिरासतमै राखेर अनुसन्धान गरी अदालतमा बुझाइने प्रमुख घिमिरेको भनाई छ ।
उनका अनुसार राईलाई वन ऐन २०४९ अनुसार विगो अनुसारको जरिवाना र कैद सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: