कोरोनाबाट सावधान रहन महिला अधिवक्ताहरुको आह्वान

  प्रकाशित मिति
२९ फाल्गुन २०७६, बिहीबार ०८:१२


भद्रपुर । विश्वव्यापी रुपमा फैलदै गरेको कोरोना भाइरसको संक्रमणका विरुद्धमा सचेतना तथा पूर्व सावधानी अपनाउनका नेपाल बार एशोसिएसन झापाको एकाई कानुनी व्यवसायी महिला समितिले आह्वान गरेको छ ।

समितिले बुधबार झापा जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, नेपाल बार एशोसिएसन झापाको कार्यालयमा हात धुनका लागि साबुन पानीको व्यवस्था गर्दै सो आह्वान गरेको हो ।

जिल्ला अदालत झापाका न्यायधीश माननीय अमृतबहादुर बस्नेत, नेपाल बार एशोसिएसनका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलालगायतले साबुन पानीले हात धोएर सुरु गरेको कार्यक्रममा सेवाग्राही, सम्पूर्ण कानुन व्यवसायीहरुले समेत सो कार्यमा सहभागी भएको महिला समिति संयोजक अधिवक्ता शान्ता पाठकले जानकारी दिइन् ।

समितिले सरकारी तथा गैर सरकारी निकाय, सामाजिक तथा सार्वजनिक सेवा प्रदायक निकाय, शिक्षण संस्थामा समेत साबुन पानीको व्यवस्था गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालय झापा, स्थानीय तहलगायतलाई अनुरोध गरेको छ । समितिले सेवा लिन आउने सेवाग्राहीलाई समेत साबुनपानीले हात धुन आग्रह गरेका छन् ।

समितिकी सदस्य अधिवत्ता हेमकला कट्टेलले महिलाहरुको शारीरिक अवस्था कमजोर हुने र भाइरसले चाडै आक्रमण गर्ने हुँदा सकेसम्म बेलैमा सचेतना अप्नाउन र सामान्य ज्वरो आएमा समेत नजिकको स्वास्थ्य स्वास्थ्यमा जाँच गराइहाल्नु पर्ने सुझाव दिइन् ।

समितिको संयोजकमा अधिवत्ता शान्ता पाठक, सदस्यहरुमा अधिवत्ता लक्ष्मी देवी खनाल, अधिवत्ता यज्ञ लक्ष्मी चौलागाई, अधिवत्ता देवी कुमारी निरौला, अधिवत्ता कोपिला बस्नेत खड्का, अधिवत्ता कमला आचार्य उप्रेती, अधिवत्ता रेनुका तिम्सिना, अधिवत्ता हेमकला कट्टेल, अधिवत्ता उमा कार्की र अधिवत्ता कविता बास्तोला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: