साहसको अर्को नाम अनिस

  प्रकाशित मिति
२१ जेष्ठ २०७३, शुक्रबार १४:५७


27 gyanendra niraulaसाहस, आँट भन्ने कुरा हरेक मानिस र हरेक कार्यमा फरक फरक प्रकृतिमा प्रकट हुन सक्छ । तर विश्वको सर्वोच्च शिखरमा पाइला टेक्ने साहश बटुल्ने कुरा भने सामान्य कुरा होइन । भलै त्यो साहस धेरै नेपालीसहित बिश्वका थुप्रै मानिसले गरेका छन् ।

एउटा विद्यार्थी उमेरको युवा अनि त्यो पनि झापा जस्तो तराइको जिल्लामा हुर्कीबढी गरेको अनिस लुइँटेल वाहेक अर्को मान्छेले अहिलेसम्म त्यो आँट गर्न सकिरहेका थिएनन् । २०७३ सालको जेठ ८ गते शान्तिका दूत गौतम बुद्ध जन्मको पवित्र दिनको बिहान ५ बजेर २७ मिनेट जाँदा विश्वको शीर सगरमाथामा एउटा झापाली युवाले पाइला टेक्न पुगे । झापाका २२ बर्षे युवा अनिस लुईंटेलले त्यो अदम्य साहस देखाए र सम्पूर्ण झापा जिल्ला कै प्रतिनिधित्व गर्दै पहिलोपटक सर्वोच्च शिखरमाथि बिजय झण्डा फहराए ।

झापाबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको चर्चा गरिरहँदा यो आलेखमा अनिस लुईटेंललाई यस कारण पहिलो भन्दैछु कि उनलाई सम्पूर्ण झापाबासीले त्यसतर्फ बिदाई गरेका थिए । सम्पूर्ण झापा उनको आरोहण यात्राको पछिल्तिर उभिएको थियो । झापाका बिभिन्न सङ्घ संस्थाका झण्डा र आर्शिवादले उनलाई थप आँट थपेको थियो । उनले झापाबाटै सगरमाथा तर्र्फको यात्रा प्रारभ्भ गरेका थिए ।

त्यसकारण पनि उनी पहिलो झापाली युवा हुन् जसले सगरमाथाको सफल आरोहण गरे । त्यति मात्र होइन संविधान सभाले निर्माण गरेको नेपालको संविधानलाई बिश्वको सर्वोच्च शिखरमा पु¥याउने पनि अनिस नै पहिलो आरोही हुन् ।

विश्व कै शीरमा पाइला टेक्ने सपना देख्न पनि निकै ठूलो आँट र साहस चाहिन्छ । तर अनिसले त्यो सपना देख्ने मात्र होइन वास्तविकतामा पूरा गरेर देखाए । अनिसको सगरमाथा आरोहण त झन जटिल बनेको थियो । जति बेला २०७२ बैशाख १२ को महाभूकम्पको प्रलय भइरहेको थियो त्यो बेला उनी सरगमाथाको बिजय नजिक थिए । तर प्रकृतिलाई त्यो मञ्जुर भएन र त्यो प्रलयकारी महाभूकम्पमा परी थुप्रै आरोहीले बेस क्याम्पमा नै ज्यान छोड्दा बाँचेर फर्किएका अनिसले एक बर्ष पछिसम्म पनि त्यो आफ्नो यात्रालाई निरन्तरता दिए ।

सामान्यतया कुनै कार्यको क्रममा ठूलो बिघ्न बाधा आयो भने त्यो कार्य फेरि नगर्ने नै हाम्रो धार्मिक तथा साँस्कृतिक परम्परा रहिआएको छ । तर अनिस लुईटेलको साहसलाई ती सब कुराले छेक्न सकेन । उनमा भएको सगरमाथा आरोहणको जुन अदब चाहना थियो त्यसले सबै खाले बाधा अड्चनलाई पन्छाइरहेको थियो ।

samnidhanयुवाहरूले बैदेशिक रोजगारी बाहेक अन्य कुरा देख्न नसकिरहेको बर्तमान अवस्थामा झापाली युवाहरू साहसको प्रतिक पनि हुन् भनेर अनिसले पुष्टि गरिदिएका मात्र छैनन् युवामा पलाउन थालेको नैराश्यतालाई चिर्न सकारात्मक सन्देश फैलाउन उनको आरोहण सफल भएको छ । बैदेशिक रोजगारीमा कतार, साउदी अरब र दुवइको रापिलो भूमिमा सेकिदा आफैँप्रति ग्लानी बोध गरिरहेका युवाका लागि गर्व गर्न पनि सिकाएको छ अनिस लुईटेलको आरोहणले ।

सायद यिनै कारणले होला यतिबेला काठमाडौदेखि झापासम्म अनिसलाई सम्मानको ओइरो लागेको छ । यो सम्मान अनिसको शरीरको मात्र सम्मान होइन । यो सम्मान त उनको सोचको सम्मान हो । उनको आँट र साहसको सम्मान हो । त्यति मात्र होइन अनिसको सम्मान ती तमाम युवालाई प्रोत्साहन हो जसले केही नवीन कार्यका लागि आफ्नो पहल सुरु गरिरहनु भएको छ ।

त्यसैले अनिसको सम्मानमा सङ्कुचित होइन छाती फराकिलो बनाउनु जरुरी छ । तन, मन र धनले अनिसको सम्मानमा सारा झापाबासी एक ठाउँमा उभिएर उनको साहसलाई स्यालुट गरौँ ।
सलाम छ अनिसलाई ः सलाम छ साहसी युवालाई !!
[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: