साहारा र हावस एकीकरण हुँदै

  प्रकाशित मिति
२० भाद्र २०७३, सोमबार १९:४६


DSCN0443

धुलाबारी । झापाकै अग्रणी सहकारी संस्था साहरा नेपाल र हाम्रो बहुउदेश्य सहकारी संस्था (हावस) धुलाबारीबीच एकीकरण हुने भएका छन् ।

हावसको शनिवार धुलाबारीस्थित टाउन हलमा सम्पन्न २०औँ बार्षिक साधारणसभामा एकीकरण हुने प्रस्ताव सर्वसम्र्वतले पास गरेपछि हावसका तर्फबाट बाटो खुल्ला भएको हो । अब साहराको साधारणसभामा पनि सेयर सदस्यहरूले पास गरेपछि दुई संस्था एकीकरण हुने पक्का पकक्ी हुन्छ ।

यस भन्दाअघि भएका दुई संस्थाबीचको छलफल र विभिन्न बैठकमा एकीकरणका लागि तयारी गरे पनि साधारणसभाले पास गर्नु पर्ने प्रावधान भए अनुसार दुबैले साधारणसभालाई जिम्मा दिएका थिए । दुबै सहकारीको साधारणसभाबाट पास भएपछि आधिकारीक रुपमा डिविजन सहकारीमा दर्ता गरिनेछ ।

‘यो हाम्रो लागि एतिहासिक घटना हुनेछ’ हावसका अध्यक्ष हरिचरण बानियाँले भने–‘दुबै संस्था झापाली सहकारीमा लामो इतिहास बोकेको र दुबैको एउटै उदेश्य भएकाले यो प्रव्रिmयालाई अगाडी बढाएका हौँ । यसले सबै सेयर सदस्यको हित हुनेछ ।’

साहराका अध्यक्ष ताराप्रसाद सञ्जेलले यी दुई संस्था एउटै उदेश्य र एउटै लक्ष्य बोकेर अघि बढेकाले समझदारी पत्र खडा गरेको बताए । उनले संस्थको साधारणसभामा पास भएपछि एकिकरण गर्ने र यसको पूर्व तयारीमा प्रतिनिधि छनौटमा समेत जानकारी गराएको बताए ।

धुलाबारीलाई कर्मथलो बनाएर काम गर्दै आएको हावस यस क्षेत्रको अग्रणी सहकारीको रुपमा रहेको छ । यसैगरी, चारपानेलाई कर्मथलो बनाएको साहराले पूर्वाञ्चलका १६ जिल्लालाई कर्मथलो बनाएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैङकका अध्यक्ष रमेश पोखरेलले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सहकारी कुनै राजनीतिक दलगत सङ्गठन नभएको बताए । उनले सहकारीले विश्वमा आर्थिक व्रmान्तीलाई परिवर्तन गर्ने भएकाले विश्व परिवेशलाई परिवर्तन गर्न स्थापना भएको संस्था भएको स्पष्ट पारे । ‘राजनीतिले समाजलाई फुटाउँछ तर, सहकारीले समाजलाई जुटाउँछ’ कार्यव्रmमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोखरेलले भने– ‘हामी सहकारीका माध्यमबाट आर्थिक व्रmान्ती गछौँ । देशको पुँजी जुटाउने अभियानमा समेत हामी लागेका छौँ । यसैले फुटाएर होइन जुटाएर अघि बढ्छौँ ।’उनले झापाली जनता सहकारी अभियानमा निरन्तर लागि परेकाले सिङ्गो जिल्ला सहकारीमय बन्न सफल भएकोप्रति प्रशंसा गरे ।

कार्यव्रmममा डिविजन सहकारी संस्था झापाका निमित्त अधिकृत डिल्ली दाहाल, जिल्ला सहकारी सङ्घकी सदस्य दुर्गा खतिवडा, साहरा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेल, कोषाध्यक्ष उपेन्द्र ओली, मेचीनगर बचत तथा ऋण सहकारी संस्था धुलाबारी अध्यक्ष कमल काफ्ले, रेडियो सरगमका प्रबन्धक निर्देशक ज्ञानेन्द्र निरौला, राष्ट्रिय पर्यटन बोर्डकी सदस्य मिना उप्रेतीलगायतले बोलेका थिए ।

सोही अवसरमा यस वर्षको एसएलसी परीक्षामा उतीर्ण हुने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो सम्मानित हुनेहरूमा सामुदायिक विद्यालयतर्फबाट अनिष पोखरेल, संस्थागत विद्यालयबाट अदिता प्रसाई र रोशन सापकोटा रहेका छन् । उनीहरूलाई जनही ३ हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै तीज विशेष नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यव्रmममा संस्थाका अध्यक्ष हरिचरण बानियाँले संस्थाका प्रतिवेदन पेश गरेका थिए ।

उपाध्यक्ष भगिरथ शर्मा सुवेदीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सदस्य देबेन्द्र दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: