साहित्यकार इन्द्रबहादुर राई रहेनन्

  प्रकाशित मिति
२२ फाल्गुन २०७४, मंगलवार २१:११


?

काठमाडौँ / नेपाली भाषाका प्रख्यात साहित्यकार ९० वर्षीय इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ।

लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राई दार्जिलिङमा बसोबास गर्थे। गत फेब्रुअरी ३ मा उनको ९० औँ जन्मदिन मनाइएको थियो।
उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए। दार्जिलिङको स्थानीय पत्रिका खबर पोस्टका अनुसार उनको मंगलबार साँझ निधन भएको हो।
 
दार्जिलिङका साहित्यकारहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा दु:ख व्यक्त गरिरहेका छन्।
 
उनको ‘आज रमिता छ’लगायत पुस्तक तथा अन्य सिर्जनाहरु प्रकाशित छन्।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: