‘साहित्यकार झमक निर्भीक’

  प्रकाशित मिति
२१ असार २०७३, मंगलवार १८:०३


jhamak

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरे निर्भीक व्यक्तित्वका रुपमा स्थापित भएको बताएका छन् ।

झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालले साहित्यकार झमक घिमिरेको ३५औँ जन्मोत्सवका अवसरमा मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले साहित्यकार घिमिरेले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गरेको र जे देख्यो र भोग्यो त्यही लेख्ने बताए ।

साहित्यकार घिमिरेका कृतिहरु यथार्थ साहित्यको धरातलबाट आएको देखिएको छ भन्दै उनले भने – “कृतिमा कसैलाई पछ्याएर लेखिएको छैन, भ्रममा परेर लेखिएको छैन, बहकिएको छैन, अनुभव गरेको र देखेको कुरा निष्ठापूर्वक लेखिएको छ ।” प्रधानमन्त्रीले उनका कृति मानवजाति, सत्य र निष्ठाप्रतिको समर्पण भएको बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि प्रदान गर्न लागेको प्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने – “साहित्यकार घिमिरेले कुनै विद्यालय र विश्वविद्यालयमा लेखपढ त गर्नुभएन तर उहाँको अद्भुत क्षमताका कारण उहाँलाई विद्यावारिधि प्रदान गरिँदैछ ।”

जन्मदिनको शुभकामना व्यक्त गर्दै उनले उनको स्वास्थ्योपचारका लागि नेपालको चिकित्सा क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै आवश्यक आर्थिक सहयोग सरकारले दिने बताए ।

सरकारले साहित्यकार घिमिरेलाई रु पाँच लाख उपचार खर्च दिने निर्णय समेत यसअघि गरिसकेको छ । साथै धनकुटा निवासी उनलाई स्वास्थ्योपचारका लागि आउन जान कठिनाइ हुने हँुदा घर निर्माणका लागि काठमाडौँमा जग्गा समेत उपलब्ध गराइसकेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साहित्यकार घिमिरेको १३औँ कृतिका रुपमा ‘प्रेमिल आकाश’ ९कवितासङ्ग्रह०, मदन पुरस्कार पाउन सफल ‘जीवन फूल कि काँडा’ हिन्दी संस्करण र सोही कृतिको चलचित्र अडियो क्यासेटको समेत सार्वजनिक गरेका थिए ।

साहित्यकार घिमिरेको जीवनमा आधारित भएर चलचित्र निर्माण हुन लागेको छ । सो चलचित्रको दार्जिलिङ निवासी विनोद विष्टले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: