साहित्यकार तेराख पुरस्कृत

  प्रकाशित मिति
२८ असार २०७५, बिहीबार ०७:५१


मेचीनगर । नेपाल सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कार मेचीनगरका साहित्यकार तेजराज खतिवडा (तेराख)सहित पाँच स्रष्टालाई प्रदान गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले बुधवार काठमडौँस्थित राष्ट्रि«य नाच घरमा आयोजित विशेष समारोहमा साहित्यकार तेराखलाई नगद एक लाख रुपैयाँ र सम्मान पत्रसहित दोसल्ला ओढाएर पुरस्कृत गरेका छन् ।

नेपाली भाषाका विभिन्न विधामा योगदान पुर्याएका तेराखसहित पाँच स्रष्टालाई पुरस्कृत गर्ने सरकारले घोषणा गरेको थियो ।

पुरस्कृत हुनेमा निबन्ध समालोचना विधामा साहित्यकार तेजराज खतिवडा रहेका छन् ।

कविता विधामा कञ्चन पुडासैनी, आख्यान नाटकतर्फ अभि सुवेदी, बालसाहित्यमा विनय कसजु र भाषा साहित्यमा महेश्वर राय रहेका छन् ।

पुरस्कारको राशी जनही एक लाख रुपैयाँको रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार गत वैशाख २ गते गठित विज्ञहरूको समितिले गरेको सिफारिश बमोजिम पुरस्कृत हुने साहित्यकारहरूको नाम सिफारिस भएको हो ।

निबन्ध र समालोचना विधामा पुरस्कृत हुने साहित्यकार तेराख मेचीनगर–९ धुलावारीका बासिन्दा हुन् ।

उनका सर्वजा (उपन्यास), टेस्ट्युव बेबी (उपन्यासमय नाटक), ढाडेका नाकमा घिउ (कथामय निबन्ध सङ्ग्रह), गोल चिन्तन, अवस्थल (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तिनगर (काब्य), अलपत्रे फूलहरु (कविता सङ्ग्रह) लगायतका १९ वटा गहन कृति प्रकाशित छन् ।

उनले ५९ वटा पुरस्कार, अभिनन्दन तथा सम्मान यस अघि प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: