साहित्यकार रेग्मीलाई एक लाख नगदसहितको साहित्य पुरस्कार

  प्रकाशित मिति
४ कार्तिक २०७७, मंगलवार ११:२५


झापा, ४ कार्तिक । वरिष्ठ साहित्यकार चुडामणि रेग्मीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ नगदराशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

रुद्र-गौरी, श्री-अम्बिका अ‍ोली प्रतिष्ठानले नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याए वापत सो पुरस्कार दिने निर्णय भएको हो ।

प्रतिठानका अध्यक्ष गंगाप्रसाद ओलीले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् ।

साहित्यकार रेग्मीका चार कथा, दुई हाँस्यव्यंग्य, सात समालोचना र तीन भाषा व्याकरणका कृति प्रकाशित छन् ।

आधुनिक मोतिराम उपनामले चिनिने साहित्यकार रेग्मी बहुमुखी प्रतिभाका धनी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: