साहित्यकार सम्मानित

  प्रकाशित मिति
१० माघ २०७६, शुक्रबार १९:१२


भद्रपुर । झापाको भद्रपुर–९ स्थित आरोग्य पुस्तकालय चन्द्रगढी झापाले साहित्यको क्षेत्रमा योगदान पुर्याउने तीनजना साहित्य अनुरागीलाई सम्मान गरेको छ ।

पुस्तकालयको तेस्रो स्थापना दिवसको अवसरमा पुष्पलाल चौक चन्द्रगढी सामुदायिक भवनको सभाहलमा शुक्रवार आयोजित कार्यक्रमकाबीच साहित्यकार विरही अधिकारी, कनक कार्की र मीना अधिकारीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्राडा जिवेन्द्रदेव गिरीलगायतका अतिथिहरुले साहित्यकाहरुलाई प्रशंसा पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गिरी, विशेष अतिथि बरिष्ठ साहित्यकार चुडामणि रेग्मी, साहित्यकारहरु शुभद्रा भट्टराई, राजेन्द्र सङ्ग्रौला, पुन्यप्रसाद खरेल, कृष्णप्रसाद उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

पुस्तकालयका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षता तथा साहित्यकार कृष्ण निराकार सुवेदी र खगेन्द्रा खुशीले सञ्चालन गरेको

कार्यक्रममा श्रष्टाहरुले नेपाली भाषाका अतिरिक्त राजबंशी तथा लिम्बू भाषामा समेत विभिन्न गीत तथा कविताहरु बाचन गरेका थिए । कार्यक्रमको स्वागत साहित्य प्रतिष्ठान मेचीका अध्यक्ष विजय खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: