साहित्य चौतारीको यसवर्षको सम्मान कार्यक्रम स्थगित

  प्रकाशित मिति
३१ असार २०७७, बुधबार १८:०४


मेचीनगर, ३१ असार । साहित्य चौतारी झापाको २१औँ वार्षिकोत्सब तथा २०७औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ ।

प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, पूर्व महासचिव तथा प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थापक संरक्षक श्रेष्ठले भानुभक्तिय रामायण वाचन गरेको कार्यक्रममा साहित्यकारहरु विवश वलिभद्र कोइराला, लीला अनमोल, मायामितु न्यौपाने, जीवन धिताल, जय भण्डारी, दुर्गा सिग्देल, देवीचरण भण्डारी, तुलसी भट्टराई, हरि दाहाल, दिनेश खरेल, वेनु मञ्जरी अधिकारी, जमुना खरेल, युवराज पोर्तेल, मनिका चुडाल मधुवाला लगायतले साहित्यिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सरगम संगीतालयका विद्यार्थीहरु कृपा पौडेल, अनुजा कडरिया, भिषम आचार्य, आशिका विमली, प्रमेश राई, विदिष सिग्देल, रक्षा तिम्सिना, भक्त विक, अर्पण सिटौला, मौनता प्रसाईं र गुरुकुल संगीत विद्यालयका रोषन लिम्वूले गीत, तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ, सल्लाहकार हस्त परियार, कृष्णप्रसाद पौडेल, संगीत उपाध्यक्ष कृष्ण योञ्जन, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्ष भवानी गौतम, सदस्यहरु विमला चिमरिया, देवीचरण भण्डारी, हेमन्ता भण्डारी, सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझी, गुरुकुल संगीत विद्यालयकी प्रबन्ध निर्देशक कमला नेम्वाङ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा साहित्य चौतारी झापाले वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार र सम्मान यस वर्ष स्थगित गरिएको जानकारी दिइयो ।

साहित्य चौतारी झापाले भानु जयन्तीको अवसरमा विगतका वर्षहरुदेखि नै साहित्य, कलाका क्षेत्रमा सम्मान, विभिन्न पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

साहित्य चौतारीले समर्पण साहित्य चौतारी सम्मान, भिमबहादुर–पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार, धनमाया–जगन्नाथ विमली स्मृति नवप्रतिभा पुरस्कार, डिकमान विरही स्मृति साहित्य चौतारी सम्मान, जेवी आले स्मृति फोटोग्राफी साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको थियो ।

साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको सभापतित्व तथा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए भने सरगम संगीतालयका विद्यार्थीले स्वागत गीत र भानुभक्तिय रामायण पाठ गरेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: