साहित्य चौतारी झापाद्वारा नयाँ नक्साको स्वागत

  प्रकाशित मिति
१७ असार २०७७, बुधबार २२:०२


मेचीनगर । साहित्य चौतारी झापाले नेपाल सरकारले दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सामा समावेश गरी उक्त नक्सा निशान छापमा समेटिएको भन्दै उक्त कार्यको स्वागत गरेको छ ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठको प्रमुख आतिथ्य एवम् साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको सभापतित्वमा सम्पन्न वैठकमा सरकारले गरेको उक्त कार्यको स्वागत गरिएको हो ।

वैठकमा संस्थापक संरक्षक श्रेष्ठले भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित हुनु नेपाली जनताका लागि गर्वको विषय रहेको बताए ।

भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताउँदै उनले भारतसँग कूटनीतिक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन पनि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका २९ जना नेपालीसहित विश्वमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै वैठकमा शोक प्रस्ताव पारित गरिएको थियो ।

वैठकमा कोरोना संक्रमणका कारण उपचाररत्हरुको सीघ्र स्वास्थ्य लाभको कामना र यस्तो महामारी कहिल्यै नआओस् भन्ने कामना समेत गरिएको थियो ।

कार्यक्रममा असार ३१ गते हुने साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा २०७औं भानु जयन्ती कोरोनाको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा भानुभक्तिय रचना, साहित्यिक रचना, संगीत, गीत कला संस्कृति प्रस्तुत गरी मनाइने जानकारी दिइयो ।

कार्यक्रममा संस्थापक संरक्षक श्रेष्ठ र सल्लाकार हस्त परियारले गीत प्रस्तुत गरेका थिए भने अध्यक्ष विकल्प, सहसचिव खगिन्द्रा खुसी, सदस्य देवीचरण भण्डारी, साहित्यकार टीका भट्टराई नेपालले कविता तथा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ, सल्लाहकारहरु हस्त परियार, कृष्णप्रसाद पौडेल, उपाध्यक्षद्वय कृष्ण सुवेदी, कृष्ण योञ्जन, पूर्व महासचिव राजेन्द्र संग्रौला, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्ष भवानी गौतम, सदस्यहरु विमला चिमरिया, देवीचरण भण्डारी, रंगकर्मी माधव कल्पित, टीका भट्टराई नेपाल र गीता खनाल भण्डारीको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: