सिएनएन सुपर हिरोको उपाधि  पुष्पालाई

  प्रकाशित मिति
२७ मंसिर २०७३, सोमबार ११:०७


puspa-basnet

वासिङ्टन डिसी । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छिन् ।

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गरेकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो ।

उनलाई जिताउन मत अभियान चलाइ रेहका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी दिए ।
काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहकी छिन् । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भनिन् , ‘सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् ।’

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहेको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नेछिन् सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: