सिक्नु पर्छ मेचीनगरसँग

  प्रकाशित मिति
४ माघ २०७२, सोमबार ११:२४


debu

भनिन्छ–मन मिल्यो भने जस्तोसुकै अप्ठेरो परिीस्थतिको पनि सामना गर्न सकिन्छ, फरक विचार भए पनि एउटै भावना भयो भने सकारात्मक सोचका साथ समाज परिवर्तन गर्न सकिन्छ । यसैको ज्वलन्त उदाहरण बनेको छ यो पटकको मेची उद्योग वाणिज्य सङ्घको सहमतीय निर्वाचन ।

सधैँ धु्रवीकरण हुने मेचीनगरका राजनीतिक दलहरूले यो व्यावसायिक संस्थामा देखाएको उदारता जिल्लाका लागि मात्र होइन सिङ्गो देशका लागि अनुकरणीय भएको छ । स्थापना समयदेखि काङ्ग्रेसको एकछत्र राज रहेको यो संस्थामा पहिलोपटक सबै दलहरूको सहभागिता रहने गरी नेतृत्व चयन भएको छ ।

निर्वाचनमा सहभागी हुनका लागि सबै दलका कार्यकर्ताहरूको तीव्र आकांक्षा बढिरहेको अवस्थामा राजनीतिक दलले आफ्नो कार्यकर्तालाई पर्ने असरको जोखिम मोलेर भए पनि सहमतिमा आए । यसको सबैले सहराना र सम्मान गर्नै पर्छ । व्यावसायिक संस्थामा यहाँका राजनीतिक दलहरूको अनवरत प्रयासमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्न सफल भएका छन् । जुन जिल्लामै उदाहरण पेश भएको छ ।

कुनै पनि सङ्घ संस्थामा आफ्नो प्रभुत्व जमाउनका लागि अनेकन कसरत हुने गरेका ज्वलन्त उदाहरणहरू छन् । कहिले एमाले माओवादी एक भए । कहिले काङ्ग्रेस एमाओवादी एक भए, कहिले साना दलहरूको साथमा प्यानल खडा गरे । जसरी होस नेतृत्व आफ्नो कब्जामा पार्न चाहन्थे । एउटा चुनावका लागि एउटा सामान्य व्यवसायीले हजारौँ खर्च गर्नु पर्ने अवस्था थियो । तर, अहिलेको सहमतिले सबैलाई सचेत समेत बनाएको छ ।

देश यतिबेला राजनीतिक, आर्थिक, समाजिक, भौतिक रूपबाट अप्ठेरो अवस्थामा गुज्रिरहेको छ । अझ बैशाखमा गएको विनाशकारी भूकम्प, मधेशमा चर्किएको आन्दोलन र लामो समयदेखि भएको भारतको नाकाबन्दीका कारण नेपाली जनता भूँमरीमा फँसेका छन् । उद्योग, कलकारखानाहरू आवश्यक सामग्रीको अभावमा बन्द हुन थालेका छन् । यातायात, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।

राजनीतिक नेतृत्वले यसको समाधानको बाटो भन्दा पनि अझ समस्या थप्दै जाने गरेका छन् । एक अर्काे पार्टीबीच ध्रुवीकरणको अवस्था छ । एमालेको नेतृत्वमा रहेको सरकारमा एमाओवादी, राप्रपा नेपाललगायतका केही दल सहभागी भए पनि ठूलो पार्टी काङ्ग्रेस आज प्रतिपक्षमा छ । मधेशी दलका नेताहरू मधेश मा आगो बालेर तापिरहेका छन् । राजेन्द्र महतो, उपेन्द्र यादवलगायतका मधेशी नेताहरू मधेश केन्द्रीत भएर आन्दोलन चर्काइरहँदा काठमाडौँ थाहा नपाए झैँ गरेर मौन छ ।
पूर्व पश्चिम यात्रा गर्ने यात्रु आज आफ्नै देशमा सुरक्षित छैनन् । आफ्नो भविष्यको रेखा कोर्ने सपना देखेर ट्युसन गएको बच्चा आफ्नै नेपालीबाट गोलीको सिकार बनिरहेको छ ।

झापा जिल्ला देशकै अग्रणी जिल्लाको रूपमा चिनिएको छ । यहाँको राजनीति होस् या खेलकुद, शिक्षा होस् या साहित्य जुनसुकै क्षेत्रमा अब्बल रहन सफल भएको छ । जसको एउटा नमुना क्षेत्र मेचीनगर हो ।

मानिसले यो नगरलाई फरक–फरक रूपमा बुझ्ने गरेका छन् । कसैले नेपालको पूर्वीद्वार भन्छन् । कसैले खेलकुदको उर्वर थलो भन्लान्, कसैले तस्करहरूको राज गर्ने ठाउँ भन्लान् । त्यो उनीहरूको बुझाई हो । जसले जे जसरी बुझेको छ, आफ्नो बुझाइमा भर पर्ने कुरा हो । तर पूर्वी मेचीनगर यस्तो उर्वरभूमि हो, जहाँबाट अनेकन सम्भावनाहरू बोकेको छ देशले । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेको यो नगरले साहित्यको क्षेत्रमा पनि अन्य क्षेत्र र जिल्ला भन्दा कम छैन ।
व्रिmकेटका रूबिना क्षेत्री, लाक्पा लामा, मनोज कटुवाल, फुटबलका सन्देश श्रेष्ठ, मीन बस्नेत, साहित्यका तेराख, कृष्ण अबिरल, पुण्यप्रसाद खरेल, भुवन सुब्बा खरेल पनि यसै भूमिका सम्पती हुन् । व्यपार, व्यवसाय, शिक्षा, पत्रकारिता, लेखकहरूको सङ्गम भूमि राजनीतिक क्षेत्रमा समेत अग्रणी स्थान प्राप्त गर्दै आएको छ ।
यसर्थ विचार फरक होला, आस्थाले फरक दललाई समर्थन गर्लान् । तर, सामाजिक विकासमा सबैको एकता हुँदै आएको छ । यसै व्रmममा मेची उद्योग वाणिज्य सङ्घमा यो उदाहरण प्रस्तुत गरेका छन् राजनीतिक दलले । नेपाली काङ्ग्रेसबाट प्रेम सम्बाहाम्फे, मणिकुमार उप्रेती, बिमल आचार्य, केशवराज पाण्डे, राम कट्टेल, टेकबहादुर लिम्बू, नरेन्द्रकुमारर खड्का, एमालेबाट गोपाल बुढाथोकी, अर्जुन पौडेल, राजु पोखरेल, डिल्लीराम घिमिरे, मिना उप्रेती, देवकुमार राई, एमाओवादीका प्रकाश भण्डारी, माधव अर्याल, राप्रपा नेपालका कल्याण खड्का र सुशिल आचार्यले छोटो समयको अन्तरालमा जुन सफलता प्राप्त गर्न सके यो अन्य क्षेत्रका राजनीतिक दलहरूलाई समेत सन्देश प्रभाह गरेका छन् । छलफल काठमाडौबाट सांसद् रविन कोइराला, काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, सङ्घका अध्यक्ष विजय डालमियाको भूमिकाको पनि सम्मान गर्नु पर्छ । आफ्नो कार्यकाल सकिदैँ गर्दा नयाँ नेतृत्वलाई सहमतिमा पु¥याउनका लागि महत्वपूर्ण योगदान रहेको महसुस गरिएको छ ।

अब मेचीनगरका हरेक सामाजिक सङ्घ संस्थामा यस्तै किसिमको सबै दलको सहभागिता रहने संस्कारको विकास गर्नु पर्छ । विभिन्न सङ्घ संस्थामा विभिन्न दलहरूले एकछत्र नेतृत्व गरिरहेको अवस्था सबैलाई मिलाएर लैजान सक्नु पर्छ । चाहे त्यो जुनसुकै क्षेत्र होस् । मेरो भन्दा पनि हाम्रो भन्ने भावना जगाउन सक्नु पर्छ । मेचीनगरको यो एकता अब काठमाडौँले सिक्नुपर्छ । जहाँबाट सिङ्गो देश चलेको छ । जहाँबाट देशको नक्सा कोर्ने गरिन्छ । उसले यो पाठ सिक्न जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: