‘सिन्धुलीगढी’ बारे चलचित्र बन्ने

  प्रकाशित मिति
१६ माघ २०७८, आईतवार १५:४८


बोर्डबाट छायांकन इजाजत प्रमाणपत्र लिदै निर्माता अधिकारी ।

झापा, १६ माघ । सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रालिले ऐतिहासिक नेपाली कथानक चलचित्र ‘सिन्धुलीगढी’ निर्माण गर्ने भएको छ ।
प्रालिका अध्यक्ष सास अधिकारीक अनुसार सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने छ ।

हिन्दी र अंग्रेजी भाषामा डब गरिने सिन्धुलीगढी चलचित्रलाई साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले सहयोग गर्ने छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

चलचित्रमा लेखन तथा निर्देशन बिश्वमणि घिमिरेको रहने छ भने कलाकारहरुको छनौट अडिसन प्रकृयाबाट हुनेछ । चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर फोटोग्राफी हेडमा युवराज राई लगायत रहने बताईएको छ ।

वि.सं. १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेको निर्माता अधिकारीको भनाई छ ।

उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको उनले जानकारी दिए ।

लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरे पश्चात ऐतिहासिक नेपाली कथानक चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको निर्देशक घिमिरेले बताए ।

झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाईपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका हुन् । उनी यही चलचित्रबाट निर्माताको रुपमा डेब्यु गर्दैछन् ।

बिदेश ब्यवस्थापनमा शुक्र राइ र भारतीय ब्यवस्थापनमा उपहार लामिछने रहेका छन भने यूरोप अमेरिकामा निर्माता स्वयमले जिम्मेवारी लिएको छ ।

कोरोना महामारीको अवस्था हेरेर आउँदो फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्रको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: