सिमला पढ्ने भए ग्रिनहिल राम्रो

  प्रकाशित मिति
१७ बैशाख २०७४, आईतवार ११:३१


IMG_3296बिर्तामोड । क्याम्ब्रिज इस्टिच्युट अफ टेक्नोलोजी र भारतको सिमलास्थित ग्रिनहिल ग्रुप अफ इस्टिच्युटबिच शैक्षिक सम्झौता भएको छ ।

एसइइ र प्लस टु उत्तीर्ण गरी प्राविधिक बिषयमा उच्च शिक्षा अध्ययन गर्न भारत जाने विद्यार्थीहरुलाई छात्रबृत्ति सहित सहज रुपमा अध्ययन गराउने उद्देश्यले शैक्षिक सम्झौता गरिएको हो ।

ग्रिनहिल ग्रुप अफ इस्टिच्युटका एस. कृपाल सिंह पास्रिचा र क्याम्ब्रिज इस्टिच्युट अफ टेक्नोलोजीका निश्चल सिंखडा, निशान सिंखडाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सन् २००३ मा स्थापना भएको उक्त कलेजमा नेपाल, भारत लगायत बिभिन्न देशका तिन हजार बढि विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

डिप्लोमादेखि मास्टर तहसम्म इन्जिनियरिङ बिषयमा अध्यापन हुने उक्त कलेजमा क्याम्ब्रिज इस्टिच्युट अफ टेक्नोलोजीमार्फत अध्ययन गर्न जाने विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ ।

उक्त कलेजको शैक्षिक वातावरण, रहनसहन, खानपान हावापानी नेपालको जस्तै रहेकाले नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सजिलो हुने बताइएको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: