सिमेन्ट र डण्डीको भाउ बढ्यो

  प्रकाशित मिति
१० माघ २०७६, शुक्रबार ०९:२०


झापा । उत्पादकहरुले फलामे डण्डी र सिमेन्टको भाउ बढेको जनाएका छन् ।

भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण भाउ बढेको उनीहरुको दावी छ ।

फलामे डण्डीमा प्रतिकेजी ७ देखि ८ रुपैयाँसम्म र सिमेन्टमा प्रतिबोरा १० रुपैयाँ मूल्यवृद्धि गरिएको हो ।

मूल्यवृद्धिले निर्माण कार्यको लागत बढ्ने भएको छ । डण्डी उत्पादनका लागि चाहिने कच्चा पदार्थ नै महँगो भएपछि भाउ बढ्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने नेपाल डण्डी उत्पादन सङ्घले जनाएको छ ।

पञ्चकन्या डण्डी उद्योगले माघ १ गतेदेखि लागू हुने गरी आफ्नो उत्पादनमा प्रतिकेजी एक रुपियाँ महँगो भएको उद्योगका बजार सेल्स म्यान रामराजा बस्नेतले दावी गरे गरे । तर बजारमा तोकिएभन्दा बढी मूल्यमा उपभोक्ताले डण्डी खरिद गर्नु परिरहेको छ ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले प्रतिबोरामा १० रुपियाँसम्म बढेको दावी गरेका छन् । क्लिङ्करको भाउ महँगिएको कारण नेपालमा सिमेन्ट उत्पादनको लागत बढेको र सिमेन्ट माग पनि बढेकाले थोरै भाउमा तलमाथि हुनु स्वाभाविक भएको उनको भनाई छ ।

उनका अनुसार भारतमै अहिले डिजेल महँगिएका कारण ढुवानी भाडा पनि बढेको छ । नेपालमा बन्ने क्लिङ्करका लागि भारतबाट आउने कोइला पनि महँगिएको छ ।

झापाका सिमेन्ट उद्योगहरुले भने अहिलेसम्म भाउ बढाइहालेका छैनन् । पुरानै स्टक विक्री भइरहेकाले अहिले भाउ नबढेको तर एक सातापछि भाउ स्वतः बढ्ने एक उत्पादक बताउँछन् ।

एक सातापछि झापाली सिमेन्टको भाउ प्रति बोरा १० रुपैयाँ बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: