सिम्रिक सहकारीले गर्यो छ लाख ऋण मिनाहा

  प्रकाशित मिति
२८ आश्विन २०७७, बुधबार १०:४७


झापा, २८ असोज । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजबंशीले संस्थाबाट लिएको ६ लाख २९ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ ।

बिगत चार वर्षदेखि सिम्रिकको काँकरभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजबंशीको असोज १४ गते उपचारको क्रममा बीएन्डसी हस्पिटलमा मृत्यु भएको थियो । उनको घर मेचीनगर- ७ इटाभट्टामा छ ।

सहकारीका अध्यक्ष कमलबहादुर बस्नेतले मृतकको घरमै पुगेर ऋण मिनाहा गरेको जानकारी दिएका छन् । संस्थाले मृतकको एक मात्र छोरी आरुषी राजबंशीको शिक्षाका लागि ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वाािर्षक ३३ हजार रुपैयाँ व्याजबाट पढाई खर्च उपलब्ध गराइने जनाएको छ ।

आरुषी १७ वर्षको भएपछि अक्षय कोषको ३ लाख रुपैयाँ फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नामा खाता खोली संस्थाले मासिक २ हजार रुपैयाँ जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताएका छन् ।

बचतको रकम उनी २३ वर्षको भए पछि एकमुष्ठ ७ लाख २० हजार रुपैयाँ फिर्ता दिने संस्थाले जनाएको छ ।

सुकमती राजबंशीले बजार प्रतिनिधि भए वापत घर बनाउन सिम्रिकबाट १० लाख ४० हजार रुपैयाँ ऋण लिएकी थिइन् । उनको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको संस्थाकाको साधारणसभाबाट नवनिर्वाचित अध्यक्ष सुवास भट्टराईले बताए ।

कर्जा लिएको रकममध्ये ११ हजार रुपैयाँ तिरिसकेको अवस्थामा १० लाख २९ हजार रुपैयाँ कर्जा भुक्ताी गर्न बाँकी नै थियो । जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने ४ लाख रुपैयाँ संस्थाले ऋणमा मिलान गरेको हो ।

मृतकको परिवारलाई काजकिरिया खर्च वापत संस्थाले ३० हजार रुपैयाँ प्रदान गरेको मेचीनगर सेवा केन्द्रका प्रमुख शान्ति बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: