विर्तामोड, १९ असोज । झापाको प्रभावशालीमध्येको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुवास भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
कोरोना महामारीको अवस्थामा स्वास्थ्य सुरक्षा र सावधानी अपनाउँदै सोमवार भएको उम्मेद्वारी दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि उनको मात्र नाम परेको थियो ।
प्रतिष्पर्धी कोही नभएपछि उनी निर्विरोध निर्वाचित भए । यस अघि उनी सो सहकारीको सचिव थिए ।
राजनीति, सहकारी र व्यवसायमा उत्तिकै समय दिइरहेका भट्टराई विर्तामोडका सबै क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने उदाहरणीय अभियानका नेतृत्वकर्ता हुन् ।
उनी मुलुककै नमुना प्रोजेक्टका रुपमा रहेको सौर्यशक्तिबाट १० मेगावाट विद्युत निकाल्ने भनिएको झापा इनर्जी नामक कम्पनीमा आवद्ध छन् ।
विर्तामोड उद्योग वाणिज्य संघलगायत दर्जनौं संस्थामा रहेर सामाजिक सेवा पुर्याइरहेका भट्टराई विर्तामोडको राजनीतिक नेतृत्व सम्हाल्न सक्ने क्षमता भएका नेकपाका युवा नेता हुन् ।
यसअघि सिम्रिक सहकारीको अध्यक्ष पदमा कमल बस्नेत थिए । बस्नेत संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा रहेकाले उनले अध्यक्षको जिम्मेवारी सम्हाल्न नपाउने कानूनी अड्चन भएको बताइन्छ ।