‘सिरिसको फुल’ मन परेन

  प्रकाशित मिति
२२ मंसिर २०७२, मंगलवार ०६:११


saru copy

लक्ष्मी न्यौपाने ‘सरु’ दश बर्षे जनयुद्ध र एकीकृत माओबादीको प्रसङ्गमा झापामा सुनिदै आएको नाम हो । जनयुद्धका बेला बन्दुक बोकेकी लडाकू उनी अहिले एमाओबादी पार्टीकी जिल्ला नेतृ हुन् । पत्रपत्रिकाहरूमा बेला बेला खरो लेख लेख्ने उनीसँग लोकतन्त्र पोस्टले गरेको पुस्तक वार्ता प्रस्तुत छ–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
दामोदर न्यौपानेको ‘एम्बुसमा ६ बर्ष’ । कान्तिपुरमा कार्यरत रहँदा उहाँले पत्रकारका आँखाले देखेको जनयुद्धको चित्रण पुस्तकमा गर्नु भएको छ । फेसबुकमा भएको सम्पर्कका कारण लेखकले नै मलाई त्यो पुस्तक उपहार पठाइदिनु भएको हो । पछि काठमाडौँमा प्रत्यक्ष भेट्दा धन्यबाद दिएको थिएँ ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
पढिसकेपछि त्यसले सोच र विचारमा नयाँ ऊर्जा भरोस् । गरिखाने वर्गको हितमा समर्पित होस् । जीवन दर्शन सम्बन्धी बढी नै मन पर्छ ।

मन परेको नेपाली लेखक ?
कृष्णसेन इच्छुक । उहाँका रचना मन छुने किसिमका छन् ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
‘सेतो धरती’ अमर न्यौपानेको ।

पुस्तक खरिदमा कति खर्च हुन्छ ?
महिनामा २ वटासम्म नयाँ पुस्तक किनिन्छ । पत्रपत्रिका धेरै पढिन्छ ।
जनयुद्धकालमा बन्दुक बोकेका बेला कतिको पढ्न पाइन्थ्यो ?
आन्तरिक प्रकाशनका पुस्तक बढी पढ्न पाइन्थ्यो । विरोधीका पुस्तक पढ्न निषेध थिएन ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
पहिलोपल्ट पारिजातको ‘सिरिसको फुल’ पढ्दा मन परेन र च्यातिदिएँ । पछि उहाँको जीवनी पढेको त मन प¥यो । फेरि खोजेर ‘सिरिसको फुल’ पढेँ । त्यसपल्ट चाहिँ पुस्तक च्यातिन । पछि थाहा पाएँ–मन नपरेका पुस्तक पारिजात पनि च्यात्नु हुन्थ्यो अरे ।

पुस्तक पढ्ने उपयुक्त समय ?
विहान उठेर पढ्छु । मुड चल्यो भने दिउँसो पनि पढ्छु ।

पुस्तक कसरी राख्नु हुन्छ ?
पुस्तक जोगाउनै गाह्रो, देखेपछि लगिहाल्छन् । आफ्नै लाइव्रेरी छैन ।

पढ्न मन लागिरहेको पुस्तक ?
डाइमन शमशेरको ‘सेतो बाघ’ ।

पुस्तक लेख्ने सोचाई ?
तत्काल सोचेको छैन ।
……………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: