सिलिण्डर ग्यास पड्कँदा आगलागी

  प्रकाशित मिति
२८ मंसिर २०७४, बिहीबार १२:२२


मेचीनगर  । झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्याँस पड्केर आगलागी हुँदा १२ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज विहान ५ बजे रेगुलेटरबाट ग्याँस चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टङ्क भट्टराईले बताए ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको प्रहरीको भनाई छ ।

मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: