सीप र रोजगार माग्दै अल्पसंख्यक

  प्रकाशित मिति
२५ मंसिर २०७३, शनिबार १५:५०


himsaha

भद्रपुर । महिला तथा बालकल्याण मन्त्रालयको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसङख्यकहरुको अधिकार सम्बन्धी झापामा पहिलोपटक अन्तरव्रिmया कार्यव्रmममा गरिएको छ ।

शुव्रmबार भद्रपुरमा महिला तथा बालबालिका कार्यालय झापाको संयोजनमा आयोजित कार्यव्रmममा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले चेतनाको अभावका कारण अझै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुले समाजमा हिंसा व्यहोर्नु परेको बताएका छन् ।

उनले आर्थिक र राजनीतिक परिवर्तन द्रुत गतिमा भएजस्तो सामाजिक परिवर्तन नहुने बताउँदै भने–‘सामाजिक परिवर्तन अवश्य हुन्छ तर राजनीतिक र आर्थिक जस्तो चाँडो नभएर समय लाग्छ ।’ प्रजिअ खत्रीले यौनिक लैङ्गिक अल्पसङ्ख्यकहरुलाई नागरिक र पासपोर्टका लागि सहज वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यव्रmममा सहभागी अल्पसङ्ख्यकहरुले अझै पनि समाजले आफूहरुमाथि गर्ने विभेदका कारण खुलेर बाहिर आउन नसकेको बताए । उनीहरुले राज्यले समेत विभेद गरेको गुनासो गर्दै भने –‘राज्यले छुट््टै हाम्रो लागि भनेर शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्न नसक्दा हामी विभेदको शिकार भएका छौँ ।’

8300199624739864876-account_id1

उनीहरुले अल्पसङ्ख्यलाई स्वरोजगार बनाउनका लागि सीपमूलक कार्यव्रmम अघि सारेर व्यवसाय सञ्चालनका गर्न अनुदान रकम समेत उपलब्ध गराउन सरकारसँग माग गरे ।

कार्यव्रmममा सहभागी अल्पसङ्ख्यकहरुले सञ्चारमाध्यमका कारण पनि आफूहरु थप हिंसामा परेको बताए । मिडियाले सम्बन्धित व्यक्तिसँग अनुमति नलिई तस्वीर तथा समाचार प्रकाशन, प्रसारण गरिदिँदा समाजमा थप हिंसा व्यहोर्नु परेका निलहिरा समाज झापाका इन्चार्ज प्रेम थापाले बताए । अझै पनि समाजमा अल्पसङ्ख्यहरुलाई हेर्ने दृष्टिकोण सङ्कुचित भएका कारण खुलेर आफ्ना समस्या राख्न नसकेको उनको भनाई छ ।

इञ्चार्ज थापालगायत सहभागीहरुले लोपोन्मुख जातजाति, एकल महिलासरह आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले आफूहरुको विहे नहुने, सन्तान पनि नहुने र परिवारले पनि खासै चासो नदिने हुँदा जीविकोपार्जनका लागि पनि अल्पसङ्ख्यकहरुलाई भत्ता आवश्यक रहेको बताए ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत यौनिक लैङ्गिक अल्पसङ्ख्यकहरुप्रति समाजमा रहेको भ्रम हटाउने सम्बन्धमा सरोकारवालाहरुसँग गरिएको अन्तरव्रिmया कार्यव्रmममा अन्तरलिङ्गीहरु कल्पना गुरागाईँ, विमला श्रेष्ठलगायतले आफूले समाजमा भोग्नु परेको समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यव्रmममा महिला तथा बालबालिका कार्यालय झापाकी प्रमुख इन्दिरा ओझाले कार्यव्रmमको औचित्यमाथि प्रकाश पार्दै झापामा पहिलोपटक यस्तो कार्यव्रmमको आयोजना गरेको बताइन् । उनले आगामी दिनमा उनीहरुलाई लक्षित गरेर अन्य कार्यव्रmमको समेत आयोजना गर्ने जानकारी दिइन् । ओझाले अल्पसङ्ख्यकहरुको मागलाई सम्बोधन गर्दै उनीहरुलाई सीपमूलक तालिमहरु प्रदान गरेर आत्मनिर्भर बनाउन सरकारसँग पहल गर्ने बताइन् ।

मन्त्रालयका सहसचिव शङ्कर पाठकको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा उपसचिव भरत शर्माले यौनिक लैङ्गिक अल्पसङ्ख्यकको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उपसचिव शर्माले नेपालमा कति प्रतिशत अन्तरलिङ्गी र तेस्रो लिङ्गी छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग नभएको बताए । उनीहरुले आफ्नो पहिचानसहित खुलेर नआएका कारण तथ्याङ्क सङ्कलन गर्न समस्या भएको शर्माको भनाई छ ।

मन्त्रालयकी उपसचिव मिठु थापाले सञ्चालन गरेको कार्यव्रmममा एसपी शैलेन्द्र थापा, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, गैर सहकारी संस्था महासङ्घ झापाका अध्यक्ष छविलाल खतिवडा, पत्रकार महासङ्घ झापाका उपाध्यक्ष तारामणि सापकोटा, मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष रेखा अधिकारी, माइती नेपालका पूर्वञ्चल संयोजक गोविन्द घिमिरे, साना हातहरु नेपाल नामक संस्थाका अध्यक्ष जगत वाग्लेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: