सीमावर्ती बजारमा भारुको कालोबजारी

  प्रकाशित मिति
३० कार्तिक २०७३, मंगलवार १२:४८


varu

बिर्तामोड । भारत सरकारले पाँच सय र एक हजार नोटको कारोबारमा प्रतिबन्ध लगाएपछि नेपालको अर्थतन्त्रमा यसले प्रभाव पारेको छ । विशेषगरी नेपालबाट निर्यात हुने वस्तुहरुमा प्रत्यक्ष असर परेको व्यवसायीहरु बताउँछन् ।

प्रमुख नगदेवाली अलैँचीको त कारोबार नै ठप्प भएको व्यवसायीले बताए । अलैँची व्यवसायी महासङ्घले कारोबार तत्काल नगर्न व्यवसायीलाई आग्रह गरिसकेको छ ।

अझ सीमा क्षेत्रका नागरिक भारु नोटको प्रतिबन्धले समस्यामा परेका छन् । सीमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्न जाने नेपाली नागरिकलाई नोट नचल्दा दैनिकीमा समस्या परेको हो ।

प्रतिबन्धित नोट भारतीय बजारका व्यापारीले नचलाउने र चलाइहाले पनि कम मूल्यमा लिन थालेको मेचीनगर–६ का राम श्रेष्ठले बताए । ‘भारतको पानीट्याङ्की बजारमा तेलचिनी किन्न गएको थिएँ,’ उनले भने– ‘व्यापारीले मसँग रहेको एकहजारको नोट नेपाली पन्ध्रसय रुपैयाँमा मात्र चलाए ।’

सीमावर्ती भारतीय बजारमा अहिले प्रतिबन्धित ती नोटहरु कम मूल्यमा कारोबार भइरहेको उनको भनाई छ । यसले नेपाली नागरिक समस्यामा परेको श्रेष्ठ बताउँछन् ।

उनले भारतसँग कुटनीतिक पहल गरी सटहीको व्यवस्था मिलाउन माग गरे । ‘हामीसँग भएका भारु नोट साट्ने व्यवस्था राज्यले चाँडै मिलाउनु पर्छ,’ उनले भने– ‘अन्यथा भारतीय बजारमा यसरी नै ठगिरहनु पर्ने अवस्था बन्छ ।’
नेपाल सरकारले अझै पनि प्रतिबन्धित भारु सटहीमा अन्योल रहेको बताउँदै आएको छ । सरकारी पहल हुन नसक्दा भारु सटहीमा सकस भएको हो ।

यसैबीच, भारतीय रुपैयाँ प्रतिबन्धले पेट्रोलियम पदार्थ अभाव हुने हल्ला चलेपछि आयल निगमले हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
आयल निगम चारआली शाखाले भारु काण्डले पेट्रोलियम पदार्थ अभाव नहुने स्पष्ट पारेको छ । निगमका शाखा प्रमुख बासुदेव भण्डारीले नियमित रुपमा पेट्रोलियम पदार्थ आयात भइरहेको बताए । ‘भारु प्रतिबन्धले पेट्रोलियम पदार्थमा कुनै असर गर्दैन,’ उनले भने– ‘हामीले नेपाली रुपैयाँ जम्मा गर्ने हो, त्यसले गर्दा खरिद बिव्रmीमा कुनै प्रभाव पर्ने कुरै छैन ।’

केही दिनयता पेट्रोलियम पदार्थ अभाव हुने एकाएक हल्ला चलेपछि झापालगायत पूर्वका पेट्रोलपम्पमा तेल हाल्नेको भीड लागेको थियो । केही दिनअघि मोरङ तथा सुनसरी क्षेत्रका मजदुरले आन्दोलन गरेपछि पूर्वाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थ विव्रmी वितरण हुन सकेको थिएन । तर, मजदुरको माग पूरा भएपछि उनीहरु काममा फर्किएसँगै पेट्रोलियम पदार्थ बिव्रmी वितरण सहज भएको निगमले जनाएको छ । शाखा प्रमुख भण्डारीका अनुसार नियमित रुपमा पेट्रोलियम पदार्थ भारतबाट आयात भइरहेको छ । यद्यपि आइतवार र सोमवार इण्डियन आयल बिदा रहने भएकाले मङ्गलवारदेखि नियमित पेट्रोलियम पदार्थ ढुवानी हुने उनको भनाई छ ।

मेची पेट्रोलियम एसोसिएसन नेपालका केन्द्रीय सचिव लय भण्डारीले पनि हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले भारतीय नोट प्रतिबन्धले पेट्रोलियम पदार्थ आयातमा कुनै असर नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: