सीमा नाका बन्द

  प्रकाशित मिति
१२ असार २०७४, सोमबार ०९:५७


मेचीनगर । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा रहेका नाकाहरू सोमवार बिहानदेखि ७२ घण्टासम्म सिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै ७२ घण्टा नाका सिल हो । झापाको पूर्वी र दक्षिणी क्षेत्रअन्तर्गत ११८ किलोमिटर क्षेत्रफल भारतसँग प्रत्यक्ष जोडिएको छ ।

प्रहरी उपरीक्षक थापाले यी सबै नाकामा सिल गर्न सम्भव नभए पनि झापाको काँकरभिट्टासहित भद्रपुर, बाहुनडाँगी, शतिघट्टा, गौरीगञ्जलगायतका नाका सिल गरिएको थापाले बताए ।

‘भारतसँग झापा खुला सीमा भएको जिल्ला हो, सम्भव भएसम्म सबै नाका सिल गर्छौँ’, उनले भने–‘नभए पनि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाउँछौँ, अन्य मुख्य नाका सिल गर्छौँ ।’ उनले भारतको सुरक्षा निकायसँग पनि सहकार्य गरेको जानकारी दिए ।

‘हामीले बैठक गरेरै भारतका सुरक्षाकर्मीले पनि ७२ घण्टासम्म सहयोग गर्ने वातावरण बनाएका हौँ’, उनले भने–‘उहाँहरूले पनि भारततर्फको नाकामा सहयोग गर्नुहुनेछ ।’ उनले सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग सहकार्य गरेर सिमानाकाको सुरक्षा गर्ने उनले बताए ।

उनका अनुसार झापामा निर्वाचनका लागि प्रहरी र म्यादी प्रहरी गरी चार हजार सुरक्षाकर्मी खटिएका छन् । प्रहरी उपरीक्षक थापाका अनुसार नाकामा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: