भद्रपुर २५, असार । सीमा प्रहरी चौकी केचनाको निर्माण हुन लागेको भवनको बुधबार शिलान्यास गरिएको छ ।
कचनाकवल गाउँपालिका– ४ मा निर्माण हुन लागेको तीन तले पक्की भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले गरेका हुन् ।
प्रदेश नम्बर १ सरकारको रु. १ करोड ६३ लाख ७५ हजारमा बन्न लागेको भवनको शियान्यास गर्दै उपरीक्षक मैनालीले समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीले रातदिन नभरी खट्न निर्देशन दिए ।
उनले प्रदेश सरकारको सहयोगमा झापामा ६ वटा प्रहरी कार्यालय बन्न लागेको बताए । उनका अनुसार रु. २ करोडढ ३३ लाख १३ हजारको लागतमा घैलाडुब्बा प्रहरी कार्यालय, रु. २ क।ोड ३५ लाख ८७ हजारको लागतमा कुमरखोदस्थित प्रहरी कार्यालय, रु १ करोड २७ लाख २ हजारमा कोहबरा प्रहरी कार्यालय बन्ने तयारीमा रहेका छन् । यसअघि नै रु. ३ करोडको लागनीमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सुरु भइसकेको छ ।
सीमा नाकामा खटिने प्रहरीले सारा देशकै सुरक्षा स्थितिको प्रतिनिधित्व गर्ने हुँदा सीमित स्रोत साधन तथा भौतिक पूर्वाधारका वावजुद पनि सुरक्षा प्रदान गर्दै आईरहेकोमा प्रदेश सरकारको बजेट मार्फत सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुँदा हौसला प्राप्त भएको उपरीक्षक मैनालीको भनाई छ ।
भवनको निमार्ण कार्य एभरग्रीन कन्ट्रक्सन गरामनीले जिम्मा लिइएको र भवन निर्माण कार्य आर्थिक बर्ष २०७७/०७८ भित्रमा सकिने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार भवन, मेस, शौचालय,गेटलगायतका संरचनाहरु निर्माण हुनेछन् ।