सीमा स्तम्भ मर्मत धमाधम

  प्रकाशित मिति
८ माघ २०७२, शुक्रबार ०६:३९


भद्रपुर । झापा जिल्लाअन्तर्गत नेपाल भारतको सीमा क्षेत्र दशगजामा सीमा स्तम्भको मर्मतसम्भार एवम् निर्माण कार्य सुरु भएको छ ।

नापी विभाग काठमाडाँैबाट आएका टोलीले दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको पहिचान र निर्माण कार्य गरिरहेको टोली प्रमुख सुशील डङ्गोलले जानकारी दिए । टोलीले १०१ नम्बरबाट कार्य थालनी गरी पुराना १०३ वटाको मर्मतसम्भार एवम् रङ्गरोगन गरिसकेको छ भने नौवटा नयाँ स्तम्भ स्थापना गरिएको छ ।

सीमा स्तम्भ हराएका ठाउँमा नेपाल–भारत दुबै देशका प्रतिनिधिले बिन्दु पत्ता लगाएर सीमा स्तम्भ स्थापना गरिरहेको बताइएको छ ।
दशगजा क्षेत्रमा कतिपय स्थानमा भारतीय नागरिकले दशगजालाई अतिव्रmमण गरी घर बनाउने र तरकारी खेती गर्ने गरेको पाइएकाले त्यसको पनि लगत लिने काम भइरहेको नापी टोलीका प्रमुख डङ्गोलले जानकारी दिए ।

झापा, मोरङ र सुनसरीमा पनि दशगजा क्षेत्रमा सीमा स्तम्भको खोजी, पहिचान र निर्माण आगामी असार मसान्तसम्ममा गरिसक्ने टोलीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: