सीसी क्यामेराको फुटेजमा देखिएका दुई युवा पक्राउ

  प्रकाशित मिति
१० जेष्ठ २०७६, शुक्रबार २१:४६


धुलावारी । प्रहरीले बुधवार राति मेचीनगर–१० धुलावारीस्थित प्रशंसा टोलमा घरमा सुतेकी महिलामाथि साङ्घातिक आक्रमण भएको घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पति वैदेशिक रोजगारीमा गएको र घरमा विरामी सासु र ८ वर्षकी छोरी मात्र भएको अवस्थामा राति घरभित्र घुसेर आक्रमणकारीले ४० वर्षीया आरती चौहान बुढाथोकीलाई फलामे रडले टाउकोमा हिर्काएर मरणासन्न बनाएका थिए ।

उपचारका लागि वीएन्डसी हस्पिटल पुर्याइएकी घाइतेको अझै होश खुलेको छैन । सोही कारण प्रहरीले उनको प्रारम्भिक बयान लिन बाँकी नै छ । आरतीको उपचार भइरहेका आइसीयु कक्ष बाहिर प्रहरीको निगरानी रहेको अस्पताल स्रोतले जनाएको छ ।

आक्रमणको प्रत्यक्षदर्शीको रुपमा रहेकी आरतीकी ८ वर्षीया छोरी अर्पणालाई प्रहरीले आफुसँगै राखेको छ । अर्पणाको वयान प्रहरीका लागि अभियुक्तसम्म पुग्ने र पहिचान गर्ने महत्वपूर्ण आधार बनेको छ ।

प्रहरी स्रोतका अनुसार सो घटनामा संलग्न भएको आशङ्कामा मेचीनगर–१० कै दुई युवा पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

सबै प्रमाण जुटाइसकेपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्ने जनाएको छ । हाल पक्राउ परेका युवाहरुको नाम प्रहरीले सार्वजनिक नगरिदिन आग्रह गरेको छ ।

घटना भएको राति घटनास्थल नजिक हिँडेको एउटा सीसी क्यामेरामा कैद भएको फुटेज प्रहरीले फेला पारेको र पीडित व्यक्तिसँग मोवाइलमा सम्पर्क भएको कल डिटेल्स पनि प्रहरीले सङ्कलन गरिसकेको बताइएको छ । बरफ फ्याक्ट्री जाने बाटोमा रहेको सीसी क्यामेराको फुटेजमा सन्दिग्ध अभियुक्तहरु देखिएका थिए ।

पक्राउ परेका शङ्कास्पद व्यक्तिहरु नै आक्रमणकारी हुन् भनेर घाइतेकी छोरी अर्पणाले पुष्टि गरिसकेको र रगत लत्पतिएको केही कपडा समेत अभियुक्तहरुसँगै फेला परिसकेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: