सुकमायाको मुहारमा खुशीयाली

  प्रकाशित मिति
१ श्रावण २०७७, बिहीबार १९:२१


मेचीनगर । बस्ने घर नहुनु, खाने अन्न नहुनु, श्रीमानको पनि मृत्यु हुनु, भएको एउटा छोरो पनि सिकिस्त विरामी हुनु यी सवै झापा अर्जुनधाराकी सुकमाया श्रीवास्तवले भोगेको नियती हो ।

अर्जुनधारा–११ देउनिया टोलमा बस्दै आएकी सुकमायाले १५ वर्षअघि श्रीमान् वेदनिधीलाल श्रीवास्तवलाई गुमाइन् । एक छोरा, एक छोरीकी आमा उनले छोरीलाई पनि विवाह गरेर पठाएपछि छोरालाई हुर्काउने र घर व्यवहार सम्हाल्ने जिम्मेवारी आफ्नै काँधमा लिइन् ।

सम्पत्तिको नाममा केही नभएकी उनले अर्काको घरमा मजदुरी गर्दै आफू र छोरो पाल्दै आइन् । आफूलाई पाल्ने छोरोपनि टिबी (क्षयरोग) रोगले सिकिस्त भएपछि अहिले उनलाई छोरोलाई उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । अहिलेसम्म छिमेकीले छोराको उपचार गर्न सहयोग गरेपनि त्यो दिर्घकालसम्म नहुने उनी बताउँछिन् ।

जहाँ मजदुरी गर्यो त्यहिं जे दिन्छन् त्यहि खाने र त्यहिं वस्दै गर्दै आएकी उनलाई पछिल्लो समय त्यसरी वस्न पनि समस्या भयो ।

बस्ने घर र खाने अन्न नभएकी उनलाई अर्जुनधारा–११ देउनिया टोलका श्याम गिरीले ६ महिना अघि सानो कटेरो बनाइदिएर ओत लाग्ने ठाउँ दिए ।

सामान्य टिनको वेरा लगाएर वनाएको घर पनि अहिले भत्किसकेको छ, असार साउनको चुहिँदो झरिमा पानी चुहिएर चिसो भुईंमा कष्टपूर्ण रुपमा एक्लै बस्दै आएकी उनलाई सर्पको भय पनि त्यस्तै हुन्थ्यो । ओत लाग्ने ठाउँ भएपनि खाने अन्न नभएर भोकोपेटले रात कटाउँदा उनी बिक्षिप्त हुन्थिन् ।

कष्टपूर्ण जीवन गुजार्दै आएकी सुकमायाले विहीबार भने केही खुशीको अनुभव गर्न पाइन् । जीवन यसरी नै वित्छ भन्ने सम्झेकी उनले समाजमा मनकारी व्यक्तिहरु पनि वस्दा रहेछन् भन्ने अनुभव गरिन् ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले सुकमायाको घर पुनर्निर्माण गर्नुका साथै ओड्ने–ओच्छ्याउने लत्ताकपडा, खाना पकाउने, खाने भाडाकुँडा, कपडा, जुत्ता चप्पल, खाने अन्न लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरेपछि उनको मुहारमा खुशीयाली छाएको थियो ।

मिडटाउन, रोटरी क्लब, रोट्रयाक क्लबका पदाधिकारीले उनको घर पुनर्निर्माण गरिदिँदा र सुकमायालाई सामाग्री वितरण गर्दा छिमेकीहरु पनि आश्चर्यचकित भएर त्यो दृश्य हेरीरहेका थिए ।
गत जुलाई १ तारिकदेखि सन् २०२०–२०२१ को जिम्मेवारी सम्हाले लगत्तै पहिलो कार्यक्रमको रुपमा यो कार्यक्रम गरिएको इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् ।

आमाको खुशी नाम दिइएको कार्यक्रममा वृद्ध आमाको मुहारमा खुशी ल्याउने उद्देश्यले सुकमायालाई गाँस, वास र कपासको व्यवस्था गरिएको उनले बताइन् ।

प्रेसिडेन्ट रेनु वंशलको सभापतित्व तथा अर्जुनधारा–११ का वडाध्यक्ष भैरववहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत भाइस प्रेसिडेन्ट जमुना भुषालले गरेकी थिइन् ।

त्यस्तै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रशान्त भण्डारीले इनरह्वीलका महिलाहरुले मानवताको सेवा नै जीवनको प्रमुख लक्ष्य हो भन्ने उक्तिलाई आत्मसात गर्दै दिनदुःखी मातालाई सहयोग गरेको भन्दै उक्त कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष खड्का, रोटरीका पे्रसिडेन्ट भण्डारी, सेक्रेटरी सिद्धार्थ नवीन उप्रेती, क्लब सर्भिस कोअर्डिनेटर सुजित वंशल, मिडिया पर्सन तुलसीप्रसाद निरौला, रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपाने, मेम्वर सोनु कोइराला, इनरह्वीलकी प्रेसिडेन्ट वंशल, भाइस प्रेसिडेन्ट जमुना भुषाल, सेक्रेटरी सम्झना भण्डारी, आइयसओ मनिका अग्रवाल, ट्रेजरर वर्षा राजभण्डारी, मेम्वर अनिता शर्माले सुकमायालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा असहाय महिला सरस्वति लुङ्गेली मगरलाई समेत सहयोग गरिएको थियो ।

कार्यक्रमको सञ्चालन इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी, सेक्रेटरी सम्झना भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: